बुद्धशान्तिमा धुमधामले मनाइयो २ सय ९७ औँ पृथ्वी जयन्ती

हाम्रो दमक

 बुद्धशान्ति । झापाको बुद्धशान्तिमा २ सय ९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार धुमधामले मनाइएको छ । नागरिक समाज तथा राष्ट्रिय एकता दिवस समारोह समितिका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार, मेची क्याम्पसका पूर्व प्रमुख तथा इतिहासविद् चिन्तामणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर उद्घाटन गरिएको कार्यक्रमका सहभागीहरुले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको कदर गरेका थिए । कार्यक्रमका वक्ताहरुले शाहको योगदानलाई भुल्न नहुने बताउदै आजका दिन सार्वजनिक बिदा नदिएको प्रति सरकारप्रति असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । तर, गणतन्त्र स्थापनापछि सो प्रचलन हटेको छ । सार्वजनिक विदा नदिए पनि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई जनस्तरबाटै सम्मान गर्न कुनै कसर बाँकी नराख्ने कार्यक्रमका प्रमुख अतिथि दाहालले बताए । उनले पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक भन्दै उनको योगदान नेपाली जनताले कहिल्यै बिर्सनु नहुने बताएका छन् ।

‘अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो र आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ ।’ पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने कार्यक्रममा वत्ताका रुपमा आएका पूर्व सांसद तथा इतिहासविद् भत्त खपाङगीले बताए । उनका अनुसार राज्य सञ्चालनका क्रममा शाहले त्यसबेला व्यक्त गरेका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले उनको सम्मानमा कहिल्यै कमिहुन नदिन सबैमा आग्रह गरे ।

सोही अवसरमा गाउँपालिका भरिका सबै सङ्घसंस्था, सरकारी तथा निजी कार्यालयका प्रमुखको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्नुका साथै बुधबारे चौकमा राष्ट्रिय झण्डा समेत राखिएको थियो । त्यसै गरी कार्यक्रममा सहभागी सबैलाई पृथ्वीनारायणको योगदान समेटिएको पुस्तिका तथा तस्वीर समेत वितरण समेत गरिएको थियो । गणतन्त्र पश्चात एकता दिवस मनाउनेहरु कमै हुने गरे पनि यस पटक भने बुद्धशान्तिमा सहभागीहरु धेरै रहेका थिए ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष केदार कोइराला, माधव खतिवडा, बेनुप्रसाद कोईराला लगायतले आ–आप्mनो धारणा राखेका थिएभने खडानन्द वाग्ले, पे्रम नेम्वाङ, नेकपा अझापा अध्यक्ष चिन्तन पाठक, राप्रपा बुधबारे अध्यक्ष नारायण न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोह समितिका सचिव नन्दकुमार तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष केदार सापकोटाले स्वागत गरेका थिए ।

शनि, पुस २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

सीप र संस्कारयुक्त शिक्षामा सप्तश्री एकाडेमीको जोड

दमक,११ चैत । झापाको दमक ९ स्थित सप्तश्री एकाडेमीले सीप र संस्कारयुक्त शैक्षिक पठनपाठन सञ्चालन गरिआएको जनाएको छ । गएको वर्षदेखि सञ्चालनमा आएको सो एकाडेमीले आज दमकमा पत्रकार सम्मेलन गरि शैक्षिक गुण स्तरसंगै विश्व वजारमा...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...