दमक खानेपानीको मतदानमा सर्वसाधारणको उल्लास

निर्वाचनमा आफना पक्षका उम्मेदवारहरुलाई जिताउन काठ्माण्डौमा रहने पनि केहि दिन अघि नै दमक आएर मतदाताहरु फकाउन व्यस्त देखिन्थे ।

हाम्रो दमक

दमक,२८ पुस । झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालय परिसरमा सुरक्षा घेरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको हो ।

 

मतदानमा करीब ४ हजार उपभोक्ताहरुले मतदान गर्ने जनाइएको छ । मतदान दिउँसो ३ बजे सम्म चल्नेछ । निर्वाचनमा दलीय गठबन्धन बनाएर नेताहरु चुनावी मैदानमा छन । विभिन्न ५ क्षेत्रमा विभाजन गरी भईरहेको निर्वाचनबाट ३ महिला सदस्यसहित कूल ९ जना सदस्यहरु चुनिने छन् । निर्वाचित सदस्यहरु मध्येबाटै अध्यक्ष, सचिव र कोषाध्यक्षको चयन हुने विधानमा व्यवस्था छ । खानेपानी योजनामा एडीबिले करोडौं लगानी गरिरहेका कारण यसको नेतृत्वका लागि पार्टीका नेताहरुको ध्यान खिचिएको हो ।

निर्वाचनमा सदाबहार उम्मेद्वारका रुपमा चिनिएका राप्रपाका प्रदेश अध्यक्ष राम थापा, नेपाली कांग्रेसका महासमिति सदस्य रोशन गौतम, महाधिवेशन प्रतिनिधि घनेन्द्र राज सुब्बा, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष धिरेन लावती, नेकपाकी महिला नेतृ लिला ढुंगेल दाहाल लगायतका पार्टी नेतृत्वहरु चुनावी मैदानमा छन् ।

आफना नेतृत्व जिताउन संसद देखि उपल्ला नेताहरु,जनप्रतिनिधिहरु दिनभरि खटिएका छन् । मतदान बाहिर संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, सचिवालयका होमबहादुर थापा, गोविन्द थापा,नगर प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारी परिचालित भएका थिए । निर्वाचनमा आफना पक्षका उम्मेदवारहरुलाई जिताउन काठ्माण्डौमा रहने पनि केहि दिन अघि नै दमक आएर मतदाताहरु फकाउन व्यस्त देखिन्थे ।
खानेपानीको निर्वाचनलाई मुख्य दलहरुले प्रतिष्ठाको मुद्धा बनाएर पछि निर्वाचन संसद ,स्थानीय तहको निर्वाचनकै झल्को दिने गरि प्रस्तुत भएका हुन् ।
नेकपा र राप्रपाले संयुक्त गठबन्धन बनाएका छन् भने नेपाली कांग्रेस , संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्चले अर्को लोकतान्त्रिक गठबन्धन भएका छन् ।

शनि, पुस २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

‘वर्तमान सरकार जनवादी केन्द्रीयता लादन उद्यत’

विर्तामोड ११ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाएका छन् । । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

दमकमा हुने वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र

दमक,१० चैत । झापाको दमकमा यहि चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा दमकमा प्रभात र्याली

दमक | विश्व मुख स्वास्थ्य दिवसको प्रभात र्यालीको आयोजना गरीएको छ । झापाको दमकमा बुधबार लाईन्स क्लब अफ दमक युनाइटेड, हाम्रो बाल आस्रम, लाईन्स क्लब अफ माउन्ट एभ्रेष्ट, आमा डेन्टल,साहारा इजिनियरीङ कन्सल्टेनसी, शुभकामना सहकारी संस्थाको...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...