जेसीजको अगुवाईमा राष्ट्रिय दिवस मनाइयो

हाम्रो दमक

बिर्तामोड, पुस २७ विभिन्न साना राज्यहरुको एकीकरणबाट नेपाल राष्ट्र निर्माण भएको स्मरणमा शुक्रबार झापाको बिर्तामोडमा फरकरुपमा राष्ट्रिय दिवस मनाइयो ।
पछिल्लो पुस्तासहित आम नागरिकमा राष्ट्रभक्तिको भाव जागृत गराउन गणतन्त्र स्थापनापछि पहिलोपटक सामाजिक संस्थाले सार्वजनिक रुपमा सबै पार्टीका नेता उपस्थित गराइ राष्ट्रिय दिवस मनाएको हो ।


वीरता जेसीजको अगुवाईमा विभिन्न संघ–संस्थाको सहकार्यमा भएको कार्यक्रममा न कुनै भाषण थियो न त आसनग्रहण नै । कार्यक्रममा सहभागी तीन सयभन्दा बढीलाई राष्ट्रिय झण्डाको पिन ब्याच प्रदान गरेर राष्ट्रिय दिवसको शुभकामना आदान–प्रदानसहित चियापान गराइएको थियो ।
बिर्तामोडको मुक्तिचोक नजिकै रहेको वानस्टप मलको प्राङ्गणमा भएको कार्यक्रममा तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष तथा हाल नेकपाका नेता चिन्तन पाठक, नेपाली कांग्रेसका नेता देउमान थेवे, राप्रपाका नेता राजकुमार पोखरेलले पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
कार्यक्रमका परिकल्पनाकार तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले राष्ट्रभक्तिको भाव जागृत गर्नुका साथै पृथ्वीनारायण शाहको योगदान र समर्पणको सम्मानस्वरुप कार्यक्रम गरिएको बताए ।
उनले पृथ्वीनारायण शाहको सम्झना र राष्ट्रिय दिवस मनाउनु राजतन्त्रको वकालत नभएको बरु राष्ट्रभक्तिको पक्षमा आम नागरिकमा जागरण ल्याउने पहल भएको प्रष्ट्याए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रमका सहभागीहरुले पृथ्वीनारायण शाहलाई शाहवंश र राजतन्त्रमामात्र सिमित राख्न नहुने भन्दै आज हामी नेपाली भनेर गर्व गर्नुमा तिनै राष्ट्र नायकको मुख्य भूमिका रहेको स्मरण गरे ।
फरक ढंगले यसै वर्षबाट शुरु गरिएको राष्ट्र दिवसको कार्यक्रम आगामी वर्षबाट अझ बृहत र बिस्तारितरुपमा मनाइने बताइएको छ ।

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...