मंगलमय माविको ४७ औ बार्षिकोत्सव

हाम्रो दमक

दमक, २७ पुस झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले शुक्रवार विभिन्न कार्यक्रम गरि आफनो ४७ औ बार्षिकोत्सवसहित अभिभावक दिवस मनाएको छ ।


विद्यालयको प्रांङ्गगणमा एक कार्यक्रम गरि अवकास प्राप्त शिक्षकको विदाई, विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कारहरु प्रदान गरि बार्षिकोत्सव मनाईएको हो ।
त्यस्तै, विद्यालयमा निर्मीत श्रुष्तश्रवणका विद्यार्थीहरुको आवासीय पक्की दुई कोठे छात्राबास भवन र विद्यालयका पूर्व अध्यक्ष स्वर्गीय सन्तकुमार वान्तवाको स्मृतिमा निर्मीत प्रवेशद्धारको समेत उद्घाटन गरिएको थियो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्णानन्द शर्माको अध्यक्षता तथा प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेवा निवृत भएका मिठ्ठु तामाङ्ग,अनुपमा राई,द्धावरिका शर्मा,विन्दु बराल र धर्म वस्नेतलाई सम्मानपत्र,दोसल्ला ओढाएर विदाई गरिएको थियो ।
त्यस्तै,अक्षयकोषका दाता सिता थापा, समाजसेवी ऋषिकेश सुवेदी र विद्यालयका दिवंगत पूर्व सदस्य रघुनाथ पोख्रेललाई मरणोपन्त सम्मान गरिएको शिक्षक ओमप्रकाश गौतमले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा विद्यालयका सदस्य याम पाठक, वडाध्यक्ष डम्बर निरौला, गाँउपालिका अध्यक्ष मेनुका काफ्लेलवगायतले विद्यालयको बार्षिकोत्सवको शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा विद्यार्थीहरुले नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

सीप र संस्कारयुक्त शिक्षामा सप्तश्री एकाडेमीको जोड

दमक,११ चैत । झापाको दमक ९ स्थित सप्तश्री एकाडेमीले सीप र संस्कारयुक्त शैक्षिक पठनपाठन सञ्चालन गरिआएको जनाएको छ । गएको वर्षदेखि सञ्चालनमा आएको सो एकाडेमीले आज दमकमा पत्रकार सम्मेलन गरि शैक्षिक गुण स्तरसंगै विश्व वजारमा...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...