सेन्टरीको अध्यक्षमा हिमा खनाल

हाम्रो दमक

मेचीनगर । हिमा खनालको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । सेन्टरी युवा क्लब मेचीनगरले जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराउनका लागि खनालको नेतृत्वमा तदर्थ समिति निर्माण गरेको थियो । समितिले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराए संगै २ बर्षे कार्यकालका लागि संस्थाको अध्यक्षमा हिमा खनाल लाई सर्व सम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रकान्त धमला (प्रकाश) , सचिवमा तेजन राजवंशी, सहसचिवमा विजय तामाङ्ग र कोषाध्यक्षमा सन्जीता मगर रहेका छन । त्यसै गरेर सदस्यहरुमा नसिव धिमाल, मनिस थापा, विनम मेचे, मिना धिमाल, भिम बहादुर थापा, लिला बुडाथोकी, मंजिल थामी, पुनस थामी, प्रेम शेर्मा र सुन्दर किसान रहेका छन् ।

संस्थाको सल्लाहकारहरु लालबहादुर थामी, गिरीराज धमला, बिष्णु भट्टराई लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा पत्रकार, समाजसेवी स्थानियवासी लगायतको उपस्थित थियो । संस्थाकी अध्यक्ष हिमा खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तेजन राजवंशीले गरेका थिए ।

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विविध बाट अन्य

कुकुरको पेटमा रहेको २ केजीको ट्युमर, शल्यक्रिया गरि निकालियो

झापा । मानिसको पेटबाट शल्यक्रिया मार्फत ट्युमर निकालेको त हामीले प्रसस्तै सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला । पशुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै धनकुटाको...

भू-माफियाहरुको कब्जामा सरकारी जग्गा: रवि लामिछाने, भिडियो

लिच्छविकालदेखि चल्दै आएको गुठी परम्परालाई राज्यको स्वामित्वमा ल्याउन सरकारले संघीय संसदमा दर्ता गरेको गुठीसम्बन्धि विद्येयक विरुद्ध राजधानी आन्दोलित छ । विद्येयकमा भएको व्यवस्थाबारे जानकारी लिउ । यो विद्येयक जस्ताको त्यस्तै पारित भए गुठीका नाममा रहेको...

घेदुङको राष्ट्रिय महाधिवेशन धरानमा गर्न माग

धरान | नेपाल तामाङ घेदुङको नवौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्न माग गर्ने निर्णय गरिएको छ । नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा तथा घेदुङका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजंग योञ्जन, महासचिव मोहितकुमार...

रविको व्यंग्य, १४० रुपैयाँ किलोमा किनेको गोलभेडा चोरी होला भनेर स्टुडियोमा नै लिएर आएको छु, भिडियो सहित

कृषि प्रधान देश हेर्दा हेर्दा विचौलिया प्रधान देश भयो । कृषि योग्य जमिन प्लट प्लटमा विक्री भए । उत्पादन शुन्य प्राय भयो, देशको पैसा विदेश गयो र हाम्रो भान्सामा आउने तरकारीको मूल्यले आकाश छोयो...

हात्तीको आक्रमणबाट कमलमा क्षति

कमल, २६ पुस । दुई वटा संख्यामा आएको जंगली हात्तीले झापाको कमल गाँउपालिका वडा नम्बर ५ को आधा दर्जन बढी घरमा क्षति पुरयाँएको छ । वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार वडाको उत्तर जंगलसंग जोडिएको नयाँ...

बिचार चौतारीको र्याली

बुधबारे । छैटौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर झापाको मेचिनगर १२ मा रहेको विचार चौतारी युवा क्लबको आयोजना तथा माधब संस्कृत बिध्याश्रमको संयुक्त आयोजनामा मंगलबार बृहत् र्याली सप्पन्न गरेको छ । सहरेडागी चोक बाट सुरु...

हरेक आमाबुवाले ध्यानदिनुपर्ने कुरा: बच्चालाई चिच्याएर गाली गर्नु सबैभन्दा ठूलो मुर्खता

केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा...

यस्ता छन् रिस नियन्त्रण गर्ने सजिला उपाय

मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्याउँदा हुने प्रतिक्रिया नै रिस हो। यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ। रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुनसक्छ। रिसलाई हटाउन...

प्रधानमन्त्री ओलीले म मर्नुपथ्र्यो तर म मरिन भनेपछि…

काठमाडौँ । “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले...

पेटिकोट आन्दोलनबाट भाइरल भएकी सावित्री सुबेदीको निर्मलाकाण्डबारे पहिलोपटक सनसनीपूर्ण टिप्पणी (भिडियोसहित)

काठमाडौं  । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै देश ब्यापी रुपमा अभियान चलाऊदै आएकी सामाजिक अभियन्ता सावित्री सुवेदी पेटिकोट आन्दोलनबाट चर्चामा आएकी थिईन । बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै आएकी...