कांग्रेसले स्वीटर र खाजा बाँँड्यो

हाम्रो दमक

कमल ,२७ पुस । | झापाको कमल गाउँपालिका वडा नं १ स्थित कालिका  आधारभूत विद्यालयका ८५ जना विद्यार्थीलाई नेपाली कांग्रेसले स्वीटर र खाजा वितरण गरेको छ ।

विद्यालयमा आज कांग्रेस दमक नगर समितिले विद्यालयमा एक कार्यक्रम गरी सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सो सहयोग प्रदान गरेको हो । विद्यालयमा ८० प्रतिशत भन्दा धेरै सिमान्तकृत सन्थाल, झाँगर लगायतका समुदायका बालबालिका पढ्ने गर्छन ।

गत स्थानीय निर्वाचनमा अध्यक्ष पदमा बराबर मत पाएर गोलाप्रथाबाट बाहिरिएका उम्मेद्वार हुकुमसिंह राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राईले स्वास्थ्य र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्नेमा आफ्नो जोड रहीआएको बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्दै सामुदायिक विद्यालयहरुमा नमुना शैक्षिक वातावरण निर्माण गर्न शिक्षक, स्थानीय सरकार र व्यवस्थापन समितिसंगै अभिभावकहरुको पनि भुमिका महत्वपूर्ण हुने सुझाए । उनले स्थानीय सरकारका गतिबिधिहरुको जिम्मेवार प्रतिपक्ष हुनुका नाताले नेपाली कांग्रेसले पनि सुक्ष्म अध्ययन गरिरहेको भन्दै स्थानीय सरकारलाई आफ्ना नागरिकका मौलिक अधिकारप्रति जिम्मेवार हुन आग्रह पनि गरे । नेपाली कांग्रेस दमक नगर समितिका सभापति रोशन विष्टको सभापतित्वमा भएको सो कार्यक्रममा कमल १ का वडाध्यक्ष केदार कटुवालले वडा कार्यालयका तर्फबाट सम्बन्धित वडाका सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

व्यवस्थाप समिति अध्यक्ष पुष्प बस्नेतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा गौरादह नगर उद्योग वाणिज्य संघका अध्यक्ष जिवन राई, कांग्रेसका जिल्ला सदस्य उमाकान्त आचार्य, नगर उपसभापति राजकुमार गौतम, लखनपुर सभापति राजकुमार न्यौपाने, निम्स नेशनल हस्पिटलका अध्यक्ष बलभद्र कोइराला लगायतले पनि विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए । निम्स हस्पिटलले निकट भविष्यमा सो विद्यालयमा विद्यार्थी र अभिभावक समेतलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि कोइरालाले घोषणा गरे । प्रधानाध्यापक छत्र कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको औचित्यमाथि कांग्रेसका नगर सचिव प्रकाश प्रसाइँले प्रष्ट्याएका थिए । कार्यक्रमको सञ्चालन कांग्रेसका नगर सदस्य प्रेम भट्टराईले बताए ।

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...

जन्मदिनमा श्रेष्ठले आयोजना गरे रक्तदान

दमक,५ माघ । दमकका सामाजिक ब्यक्तित्व तथा पूर्वकै अग्रज रक्तदाता राजकुमार श्रेष्ठले आफनो जन्मदिनको अवसर पारेर शनिवार यहाँ रक्तदान कार्यक्रम गरेका छन् । आफनै जन्मदिनमा रक्तदान गर्दे श्रेष्ठ आफनो् ५३ औ जन्मदिनको सन्दर्भ पारेर आयोजित रक्तदानमा...

दुर्घटनामा इलामका एकसहित तीन जनाको मृत्यु

इलाम,५ माघ । काठमाण्डौंबाट इलाम पशुपतिनगर तर्फ आइरहेको दार्जिलिङ्ग एक्सप्रेस शनिबार विहान २ बजे दुर्घटना हुँदा इलामका एक जना सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् । सर्लाही...

लखनपुर रेडक्रस जिल्ला उत्कृष्ठ

दमक,५माघ । नेपाल रेडक्रस सोसाईटी उपशाखा लखनपुर जिल्ला उत्कृष्ठ भएको छ । रेडक्रस अभियान र कार्यसम्पादनका आधारमा जिल्ला भित्रका विभिन्न रेडक्रसका उपशाखाहरुलाई उछिन्दै लखनपुर रेडक्रस प्रथम भएको हो । रेडक्रस झापा जिल्ला शाखाको ४५ औ...

आगोले जलेर घाईते भएकी कुलमायाको मृत्यु

दमक,४ माघ । आगोले जलेर उपचारत झापा,कमल गाँउपालिका ६ का २२ बर्षिया कुलमाया बस्नेतको आज मृत्यु भएको छ । दमकको एडभान्स हस्पिटलमा विगत दुई सातादेखि उपचारत  विरामी कुलमायाको उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको हो...

तीनवटा सवारी जुध्द्दा पाँच घाइते

चारपाने,४ माघ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको चारपानेमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को ३४ प ९९०८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा १७...