झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै

माघ १ गतेदेखि १५ गतेसम्म स्थानीय तहका विभिन्न वडामा सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गरिने

हाम्रो दमक

झापा, २७ पुस । झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ ।


आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने जनाएको हो ।

अपराध नियन्त्रणका लागि असोज ७ गते नै झापाका १५ वटै स्थानीय तह, होटल व्यवसायी सङ्घ, वाणिज्य सङ्घ, जिल्ला प्रहरी कार्यालय र विभिन्न सङ्घसंस्थाले १२ वुँदे प्रतिबद्धता जाहेर गर्दै आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका थिए ।
माघ १ गतेदेखि १५ गतेसम्म स्थानीय तहका विभिन्न वडामा सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गरिने, बहुसङ्ख्यक महिलालाई राखेर समिति गठन गरी अभियानलाई सफल बनाउन लागि पर्ने आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए ।

अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक महत्वका स्थानको निश्चित दूरी (सय मिटर) भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने उनले बताए ।

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...