रमाइलो वनभोज आयोजना गर्दै झापाली समाज युएई

हाम्रो दमक

युएई । युएईको सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो वनभोज आयोजना गरेको छ ।

हरेक वर्ष आयोजना गर्दै आएको वनभोजलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर वनभोज आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले बताएका छन् । यसपालिको वनभोजबाट प्राप्त मुनाफाको केही भाग झापाली समाजको असहाय बालबालिकाहरुको शिक्षाको लागि स्थापना गर्न लागिएको १० लाख रुपैयाँको अक्षयकोषमा जम्मा गरिने अध्यक्ष चापागाईंले बताएका छन ।

यो कोषमा हालसम्म ५ लाख रुपैयाँ जम्मा भैसकेको र केही रकम जम्मा गर्ने क्रममा रहेको समाजका काेषाध्यक्ष भरत बुढाथोकीले जानकारी दिएका छन् । समाजाको सारजहा क्षेत्रीय समिति र युवा खेलकुद तथा साँस्कृतिक विभागको संयोजकमा आयोजना हुने झापाली वनभोजलाई यसपालि साँस्कृतिक वनभोजका रुपमा मनाइने साँस्कृतिक विभाग प्रमुख तथा गायक पारस लामाले बताए ।

युएईको नेपाली मञ्चहरुमा ख्याती कमाएका नेपाली कलाकारहरुको आकर्षक गीत, नृत्य तथा अन्य प्रस्तुतिहरु रहने गायक लामाले जानकारी दिएका छन् । वनभोजमा स्वादिष्ट नेपाली खाना उपलब्ध गराइने र रमाइला खेलहरु पनि आयोजना हुने आयोजक समुहका संयोजक तथा समाजको सारजहा क्षेत्रीय अध्यक्ष रामकुमार राउतले बताएका छन् ।

दुबई र सारजहाको सिमानामा पर्ने समुद्री किनार समेत रहेको अल मम्जर पार्कमा आगामी फेब्रुअरी १ तारिख शुक्रबार आयोजना हुन लागेको उक्त झापाली वनभोजमा सहभागी हुन झापाली समाजले सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

बिहि, पुस २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...

मनोजलाई इजरायलबाट सहयोग

नवलपरासी | मनोज बचाउ अभियान अन्तर्गत इजरायलमा संकलन गरिएको रकम आज पिडितलाई हस्तान्तरण गरिएको छ । इजरायलमा रहेका नयन सापकोटाको अभियानमा संचालन भएको मनोज बचाउ अभियान अन्तर्गत यहाँ रहेका ५३ जनाबाट संकलन गरिएको नेपाली १,५१,५५१ (एक...

उत्तम थापाको उत्तम निर्णय

युएई । आफ्नो जन्मदिनको उपलक्ष्यमा फजुल खर्च नगरी युएईमा कार्यरत सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कर घोषणा गरेका छन् । पार्टी गरेर र केक काटेर मनाइने पश्चिमा शैलीको जन्मदिनको...

जन्मोत्सवमा बुबाको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

फुजेरा । युएईको उत्तरी पहाडी एरिया फुजेरामा रहेका नवलपुर हुप्सेकोट-३ गिरुवारीका युवा सेर सुनारले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना दिवंगत बुबाको स्मृतिमा गरिब बालबालिकाहरुलाई सहयोग पुर्‍याउने लक्ष्य लिएर एक अक्षयकोषको घोषणा गरेका छन् । आफू...

युएईबाट अन्तर्राष्ट्रिय नेपाली समुदायको घोषणा

युएई । युएईमा रोजगारीसँगै आफ्नो सामाजिक गतिविधि अगाडि बढाइरहेको एक सामाजिक संस्थाले “अन्तर्राष्ट्रिय नेपाली समुदाय घोषणा गरेको छ । आफ्नो गतिविधिलाई विश्वका धेरै देशमा फैलाउने उदेश्यका साथमा नेपाली समुदाय युएईले अन्तर्राष्ट्रिय नेपाली समुदायको परिकल्पना...

इजरायलमा बृहत अध्यात्मिक प्रवचनको तयारी

इजरायल | इजरायलमा आगामी २२ फेब्रुअरी २०१९ शुक्रबार बृहत अध्यात्मिक प्रवचन कार्यक्रम हुने । धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ अगाडी बढेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले बालब्यास...

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

यूएई | सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिवेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे छ । अध्यक्षमा नेपाल, उपाध्यक्षमा दिपक...

तमोर नदी गडतिर लिएर आए झापाली गायक पारस लामा

युएई । युएईको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको नयाँ गीत सार्वजनिक भएको छ । वाउ क्या राम्री सोल्टिनी मेरी बोलको सफलता पछि लामाले लोकपप शैलीको तमोर नदी गडतिर...

इजरायलमा पहिलो पल्ट बिलिंक मोवाइल एप्स मार्फत नेपालको कुनैपनि बैंक वा स्थानमा सजिलै पैसा ट्रान्सफर गर्न सकिने

इजरायल | इजरायलमा रहेका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै पैसा पठाउन सजिलोका लागी बिलिंक नामक मोवाइल एप्सको लन्च गरिएको छ । कम्पनिका अनुशार यो यो एप्सले इजरायलमा रहेको कुनैपनि आफ्नो बैंकमा रहेको खाताबाट सजिलै त्यो पनि १% कमिशन...

रुन्चे गायक पौडेलले लिएर आए भुड़े गीत, भिडियो

युएई । डायस्पोरामा रहेर पनि नेपाली गीतसंगितको गुणात्मक विकासका लागि सक्रिय साधकहरुको लहरमा प्रकाश पौडेलको नाम अग्रपंक्तिमा आउछ । देशबाहिर रहेर आफ्नो पेशा, जागिर, अर्थोपार्जन र पारिवारिक कर्तब्य अनि ब्यस्तता र विविध उल्झनबीच पनि...