शारीरिक रुपमा अशक्तलाई जोइन्ट हेन्डको सहयोग

उपचारको प्रवन्ध मिलाउन सबैसँग जोइन्ट हेन्डको अनुरोध

हाम्रो दमक

बुधबारे, पौष २६ । विगत २ बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका एक ११ बर्षिय वालक सहित एक लिम्बु परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ ।

विहिबार बुद्धशान्ति ४ हापेन चोकमा रहेको सो परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले लत्ता कपडा सहित खाद्यान्य सहयोग गरेको हो । शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षिय आइतराज लिम्बु, उनका ५ महिनाका कान्छा भाई जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन उनी सहित उनकी दिदीलाई जाडोको न्यानो कपडा, २ थान कम्मल र केही खाद्यान्य सहयोग गरिएको जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंले जनाएका छन् ।

सोसाइटीका अध्यक्ष सञ्जिल प्रसाईं, उपाध्यक्ष अनिल वाग्ले, सचिव गोकुल पौड्याल, सदस्यहरु केशव तिम्सिना, राम भट्टराई, सल्लाहकार शुशिला तिवारी लगायतको उपस्थितिमा परिवारलाई राहत प्रदान गरिएको थियो ।

सेवाको भावनाले खोलिएको जोइन्ट हेन्ड युथ सोसाइटीले सामाजिक सेवाका लागि खरिद गरेको साउन्ड सेटबाट उठेको रकमले उनीहरुलाई सहयोग गरिएको सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् ।

आर्थिक अवस्था कमजोर रहेको सो लिम्बु परिवार ५ बर्ष अगाडी ताप्लेजुङबाट बसाईसरी सडकको जमिनमा बस्दै आएको स्थानीय महेन्द्र प्रधानले बताएका छन् । ‘ यो परिवारको अवस्था एकदमै नाजुक छ, यो परिवारका मुली मिलन लिम्बुले ५ सन्तान र श्रीमतिलाई ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् ।’– महेन्द्र प्रधान भन्छन् ‘ शारीरिक रुपमा असक्त माइला छोरा र ५ महिने कान्छा छोराको अवस्था देखेर पीडा हुन्छ ।’

पाँच सन्तानकी आमा सुनिताले आर्थिक अवस्था कमजोर भएको र श्रीमान्ले जसो तसो परिवारको पेट पालिरहेको बताएकी छिन् । उनले छोराहरुको अवस्थाले आफूलाई ठूलो पीडा भएको बताएकी छिन् । उनले छोराहरुको उपचार आप्mनो जिवनकै ठूलो इच्छा रहेपनि आर्थिक अवस्थाका कारण भक्कानिएर बस्नु बाहेकको विकल्प नरहेको बताइन् ।

सुनिताले डाक्टरले उपचार सम्भव रहेको बताएको जानकारी दिइन् ।

विभिन्न सामाजिक सेवा गरिरहेको जोइन्ट हेन्डले साउन्ड सिस्टम भाडा लगाएर उठेको रकमले सहयोग गरेपनि सो सहयोग ज्यादै कम रहेको भन्दै सोसाइटीका कोषाध्यक्ष प्रवेश भट्टराईले सबैलाई सहयोग गर्न अपिल गरेका छन् । आइतराज र उनका कान्छो भाईको स्वास्थ्य उपचार गर्न आफूहरुसँग कुनै उपाय नभएको बताउँदै उनीहरुका आमा सुनिताले उपचारको प्रवन्ध मिल्न सक्दा ठूलो गुन हुने बताइन् । यसैविच जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले सो परिवारको सहयोगका लागि सबै सहयोगी मनहरुसँग अनुरोध गरेको छ ।

बिहि, पुस २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...