शान्ति समाज सेवा समितिले लगाएको पुराणमा ५ लाख २५ हजार बचत

हाम्रो दमक

बुद्धशान्ति। शान्ति समाज सेवा समिति बुद्धशान्तिले हालै सम्पन्न गरेको श्रीमद् भागवत महापुराणबाट ५ लाख २५ हजार ५ सय ५१ रुपैंया बचत गरेको छ । पौष ९ गते देखि १५ गतेसम्म भएको पुराणको मंगलबार हिसाब सावर्जनिक कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । संस्थाको कार्यालय बुधबारेमा भएको कार्यक्रममा आय तर्फ ७ लाख ४७ हजार ९ सय ३२ रुपैंया देखाइएको थियो । जसमा पुराण सम्पन्न गर्न २ लाख २२ हजार ३ सय ८१ रुपैंया लागेको बताइएको छ ।

समितिका अध्यक्ष कमलप्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्रकला खनालले आयव्यय प्रस्तुत गरेकी थिइन् भने कार्यक्रम सचिव खेमराज भट्टराईले संचालन गरेका थिए । सो अवसरमा समितिका संरक्षक रमेशकुमार भुजेलको पनि उपस्थिति रहेको थियो । हिसाब सार्वजनिक कार्यक्रममा पुराणमा महत्वपूर्ण सहयो ग गर्ने महानुभावहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

२०५२ सालमा स्थापना भएको सो समितिको संस्थापक अध्यक्ष तथा संरक्षक भुजेलले पुराणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा पं। चुडामणी गौतमलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो भने पं। महेन्द्र भट्टराई, खगेन्द्र खरेल, लय भण्डारी, प्रदीपकुमार सोमानी ९शिलिगुढी० लाई सम्मान गरिएको अध्यक्ष ढकालले जनाएका छन् । समितिलाई संरक्षक भुजेलले आमा स्व। सीतादेवीको नाममा एककठ्ठा जग्गा उपलब्ध गराएका थिएभने सो जग्गामा समितिको भवन रहेको छ।

बुध, पुस २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...