आदर्श नमूना सामुदायिक वनको २३ औं साधारण सभा सम्पन्न

हाम्रो दमक

बुद्धशान्ति । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति २ र ३ को २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाको सभापति समितिका अध्यक्ष तिलनारायण रिजाल थिए भने प्रमुख अतिथि प्रदेश नम्बर १ का सांसद वीर्खबहादुर प्रधान रहेका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय झापाका वन अधिकृत विष्णुप्रसाद घिमिरे र सामुदायिक वन जिल्ला महासंघ प्रदेश एकका महासंघ सदस्य हंषलाल राजवंशीको विशिष्ट आतित्थता रहेको थियो । साथै सो कार्यक्रममा बुद्धशान्ति गाउँ कार्यपालिका सदस्य भगवती न्यौपाने, सामुदायिक बुद्धशान्ति गाउँपालिका महासंघ उपाध्यक्ष प्रकाश साम्सुहाङको विशेष आतिथ्य रहेको थियो ।

सामुदायिक वनले बनाउँदै गरेको पोखरी-अनिल वाग्ले

कार्यक्रममा अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने साधारण सभाको अवसरमा वन क्षेत्रका तीन सामुदायिक विद्यालयका १२ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको थियो । जसमा शिशुसुधार आधारभूत विद्यालयका ४ जना, नवकिरण आधारभूत विद्यालयका ४ जना र सरस्वती आधारभूत विद्यालयका ४ जना विद्यार्थी रहेका छन् ।

संस्थाका उपाध्यक्ष खगेन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत पूर्व अध्यक्ष यानु न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको सो सामुदायिक वनका संस्थापक अध्यक्ष चन्द्रप्रसाद अधिकारी, पूर्व अध्यक्षहरु भवानीप्रसाद खतिवडा, विष्णुलाल रिजाल, रामप्रसाद बाँस्तोला, युवराज बाँस्तोला लगायतको समेत आतिथ्यता रहेको थियो ।

समितिकै कार्यालय परिषरमा भएको साधारण सभाको सञ्चालन सचिव मिना अधिकारीले गरेकी थिइन् । विभिन्न उपभोक्ता हितमा कार्य गरिरहेको सामुदायिक वनले साधारण सभाको बन्द सत्रमा उपभोक्ताहरुले राखेका जिज्ञासाको जवाफ अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीले दिएका थिए ।

बुध, पुस २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...