हातेमालोको साधारण सभा सम्पन्न

हाम्रो दमक

बुद्धशान्ति। हातेमालो बचत तथा ऋण सहकारी संस्था बुधबारेको २० औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष गोविन्द पौड्यालको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो ।

रामजानकी मन्दिर बुधबारेको सभाहलमा भएको साधारण सभामा प्रमुख अतिथि भुजेल, विशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिका, विशेष अतिथि वडा नम्बर ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेती, सहकारी शाखा बुद्धशान्तिका प्रमुख देवेन्द्र दाहाल, पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाको अवसरमा गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका २ जना किरण ढुंगेल र सोनिया अधिकारी, जेष्ठ सदस्य देवीप्रसाद दंगाल, उत्कृष्ट बचत कर्ता टीकाप्रसाद धिमाल, कर्मचारी अभिनारायण आचार्य, उत्कृष्ट ऋणी चन्द्रप्रसाद उप्रेती, बालबचत कर्ता प्रिनित संग्रौलालाई सम्मान समेत गरिएको थियो भने कर्मचारीलाई स्थायी नियुक्ति प्रत्र प्रदान गरिएको थियो । संस्थाका कार्यसमिति सदस्य वालकृष्ण दाहालले सचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केशवराज दाहालले राखेका थिए ।

बुध, पुस २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

वेघाको अध्यक्षतामा संघीय प्रेस फोरमको प्रदेश समिति

दमक,९ चैत । संघीय प्रेस फोरम नेपाल प्रदेश १ को अध्यक्षमा फिपराज वेघा चयन भएका छन् ।दमक मा आज सम्पन्न संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक भेलाले वेघाको अध्यक्षतामा १९ सदस्यीय प्रदेश तदर्थ समिति गठन...

कानेपोखरीमा सवारी दुर्घटनामा : दुईको मृत्यु

मोरङ,९ चैत । पूर्व–पश्चिम लोकमार्ग अन्तगर्त मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ७ स्थित सडक खण्डमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । घट्ना विहान करिव ४ वजेको समयमा भएको हो ।...