जलेको डेढ महिनापछि जनस्तरबाटै उपचार

विभिन्न सञ्चारमाध्यमहरुमा उपमेयरसहित उनको उपचारका लागि धरान पठाउने बन्दोबस्ती मिलाएकोमा प्रशंसासहित खबर समाचारहरु सार्वजनिक भए । सामाजिक सञ्जालमा ति फोटा छ्यापछ्याप्ती देखिए । तर परिणाम सोचेजस्तो आएन् ।


विष्णु पौडेल
  • प्रकाशित मिति : मङ्लबार, पुस २४, २०७५


  • दमक,२४ पुस । कमल गाउँपालिका पूर्वपश्चिम राजमार्गसंगै जोडिएको झापाको सुविधा सम्पन्न र नाम चलेकै गाउँपालिका हो । यो गाउँपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा पर्छ ।

    यहि गाउँपालिका वडा नं ६ वडा कार्यालय नजिकै विशाल नेपालको घरमा आश्रय लिएर पुस्तौदेखि बसेको छ देवी बहादुर बस्नेतको परिवार । नेपाल परिवारको गाईगोठ,खेतीबारी हेरचाह गर्ने काम बस्नेतका बाबु बाजेका पालादेखिनै हुँदै आएको हो ।

    विरामीका अवस्थाका बारेमा जानकारी लिदै अभियानका संयोजक राई ।

    यहि घरमा बसेको बस्नेत परिवारकी छोरी कूलमाया ठिक डेढ महिना अघि अर्थात गएको ९ मसिंरदेखि आगोले जलिन् । गाईलाई खुवाउने खोले पकाउने क्रममा शरीरको लगभग २० प्रतिशत भाग जल्यो । कूलमाया उमेरले २२ बर्ष पुगेपनि जन्मदै सुस्त मनस्थिती स्वभावकी भएकाले शरिरका कपडामा आगो सल्किएको थाहै पाइनन् । आगो सल्किएको देखेपछि बारीमा काम गर्दै गरेका बाबु देवीबहादुरले हत्तपत्त आगो निभाए । कूलमायाकी आमाको १२ बर्षअघिनै प्रसुति गराउने क्रममा उच्च रक्तचाप भई मृत्यु भएको थियो ।

    छोरीका कपडासंगै शरिरका टाउको भन्दा मुनीका भाग निक्कै जलिसकेको थियो । तत्कालै धोईपखाली गरेर अटो रिक्सामा दमकस्थित दमक अस्पताल सम्म ल्याइयो । त्यहाँबाट पनि दमककै लाइफलाइन अस्पताल सम्म पुर्याइयो ।

    कूलमायाको जलेको शरिर पूर्ण उपचार नपाउँदा र पर्याप्त स्याहार सुसार, खानेकुराको अभाव जस्ता कारणले दिनप्रतिदिन दुर्गन्धित बन्दै गयो । उनका वरिपरि प्राय कोहि पुग्नै छोडे । संविधानले भनेको र स्थानीय तहको चुनावमा चर्को नारा लगाईएको सिंहदरबार अर्थात वडा कार्यालयले देखेन् । न त महिला र बालबालिका मैत्री भनिएको महिलालेनै नेतृत्व गरेको कमल गाउँपालिका कार्यालयले नै देख्यो ।

    दमकबाट कूलमायालाई दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीसहित केहि सामाजिक कार्यकर्ताहरुको पहलमा धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्म पुरयाइयो । विभिन्न सञ्चारमाध्यमहरुमा उपमेयरसहित उनको उपचारका लागि धरान पठाउने बन्दोबस्ती मिलाएकोमा प्रशंसासहित खबर समाचारहरु सार्वजनिक भए । सामाजिक सञ्जालमा ति फोटा छ्यापछ्याप्ती देखिए । तर परिणाम सोचेजस्तो आएन् । प्रतिष्ठानमा लगभग १२ दिन जति कूलमायालाई राखियो ।

    आंशिक उपचारपछि प्रतिष्ठानका चिकित्सकहरुले काठमाडौंस्थित टिचिङ हस्पिटल लैजान सिफारिस गरे । तर बस्नेत परिवारसंग थप उपचारका लागि लैजाने त के घर सम्म फर्किने एम्बुलेन्स भाडा पनि थिएन । विपी प्रतिष्ठानका कुरुवा र बिरामी हेर्न जानेहरुले लखनपुरस्थित कूलमायाको घर सम्म फर्किने एम्बुलेन्स खर्च जुटाएर पठाईदिए । सिंहदरबार भनिएको स्थानीय तहको वडा कार्यालय छेवैको नेपालको घरमा पुस्तौंदेखि बस्दै आएको बस्नेत परिवारसम्म कोहि सरकारी प्रतिनिधि पुगेनन् ।

    छरछिमेकी आफन्तहरुले तातो चिसो बेला बेला विरामीलाई खान दिने दायित्व त पूरा गरे तर कूलमायाको पूर्ण उपचार र दिर्घकालिन जिवनयापनका बिषयमा कसैले चासो देखाएन । कूलमायाको जलेको शरिर पूर्ण उपचार नपाउँदा र पर्याप्त स्याहार सुसार, खानेकुराको अभाव जस्ता कारणले दिनप्रतिदिन दुर्गन्धित बन्दै गयो । उनका वरिपरि प्राय कोहि पुग्नै छोडे । संविधानले भनेको र स्थानीय तहको चुनावमा चर्को नारा लगाईएको सिंहदरबार अर्थात वडा कार्यालयले देखेन् । न त महिला र बालबालिका मैत्री भनिएको महिलालेनै नेतृत्व गरेको कमल गाउँपालिका कार्यालयले नै देख्यो ।

    स्थानीय युवाहरुको एक समुह कूलमाया उपचारपछि घर फर्किएको तर ओढ्ने ओछ्याउने बन्दोबस्ती कम्जोर रहेको भन्दै सहयोग जुटाउन गाउँपालिकाको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी रहेका स्थानीय युवा नेता हुकुमसिंह राईसम्म पुग्यो । राईले नगद सहयोग गरे तर फेरी उनलाई स्थानीय युवाहरुले कूलमायालाई थप उपचारको आवश्यक भएको बताए । राई तत्कालै बस्नेत परिवार बस्दै आएको नेपालको घरमा पुगे । त्यहि बेला दमकका प्रतिष्ठीत उद्योगी व्यवसायी तथा एड्भान्स मल्टि स्पेशियालिटी हस्पिटलका सञ्चालक मध्येका माधव पराजुली काम विशेषले त्यही टोलमा पुगेका थिए । पराजुली र राईले बस्नेत परिवार र स्थानीय केहि युवाहरुसंग आवश्यक सरसल्लाह गरेर एड्भान्स हस्पिटलसम्म कूलमायालाई ल्याउने काम भयो । पुष २२ गते लखनपुरस्थित रेडक्रसको एम्बुलेन्समार्फत हस्पिटलमा ल्याइएकी कूलमायालाई मेसु डा. सन्तोष सुवेदीले कूलमायाको उपचारका लागि सक्दो प्रयास गर्ने आश्वासन दिए ।

    विभिन्न सञ्चारमाध्यमहरुमा कूलमायाको स्वास्थ्य अवस्था र उपचारमा भईरहेको प्रगतिका बारेमा महत्वसाथ विशेष सामग्री प्रकाशन प्रशारण भएपछि अहिले कूलमायाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । स्थानीय यूवा नेता हुकुमसिंहको नेतृत्वमा गठन भएको कूलमाया बचाउ अभियान समितिले उनको उपचार र पारिवारिक जिवनयापनका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गरेपछि कूलमायाप्रति सदासयता देखाउँदै सहयोगी मनहरु सो अभियानमा जोडिने क्रम जारी छ । कूलमाया बचाउ अभियानका नाममा सिद्धार्थ बैंकको दमक शाखामा खाता खोलिसकेको र त्यहाँ सहयोगका लागि सार्वजनिक अपिल गरिएको अभियानका संयोजक राईले बताए । ‘पीडितलाई बचाउन अभियानलाई क्रियाशील गरेका छौ ’ मंगलवार अस्पतालमा विरामीको अवस्थाका बारेमा जानकारी लिदै संयोजक राईले भने,–‘आगोले जलेर मर्न र बाँच्न दोसाधमा परेकी कुलमायालाई नयाँ जीवन दिन सहयोगी मनहरुको यतिखेर खाँचो छ ’

    घाइते बस्नेतलाई नेकपा मालेको सहयोग

    आगोले जलेर गम्भिर घाइते भएकी कमल गाउपालिका ६ कि कुलमाया बस्नेतको उपचारकालागी आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।

    विरामीको उपचारमा सहयोग हस्तान्तरण गरिदै

    दमकस्थित एड्भान्स अस्पतालमा उपचाररत २२ वर्षीया बस्नेतलाई आज अस्पतालमा नै पुगेर नेपाल कम्युनिष्ट पार्टी (माले) कमल गाउँ कमिटीले १० हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

    माले जिल्ला कमिटी सदस्य रुपनारायण न्यौपाने, दमक नगर कमिटी सदस्य कम्लेश ठाकुर र कमल गाँउ कमिटीका सचिव नारायण कार्कीले सो सहयोग रकम कुलमाया बस्नेत बचाउ अभियान समितिका सदस्य सुदिप अधिकारी मार्फत बिरामीका बुवा देबीबहादुर बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

    खर्चको अभावमा घरमै मृत्युसँग संर्घष गर्दै आएकी बस्नेतको आइतबर घरबाट नै उद्धार गरि उपचारका लागि दमक स्थित एडभान्स अस्पताल भर्ना गरिएको थियो । यसैवीच बिरामीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आईरहेको बस्नेतको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बस्नेतलाई थप सहयोग गर्न चाहनु हुने माहनुभावहरुले कुलमाया बस्नेत बचाउ अभियान समितिको दमकस्थित सिदार्थ बैकको शाखामा रहेको खाता नम्बर ००७१५१५४७८१ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने समितिका सदस्य नगेन्द्रमणी न्यौपानेले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology