‘भ्यु टावर होइन्, दमकमै मेडिकल कलेज खोल’

दमकमा भ्यु टावर निर्माणमा लाग्ने रकममा अरु एक अर्ब थपेमा सरकारी मेडिकल खोल्न सकिन्छ, यसले नागरिकको शिक्षा र स्वास्थ्यलाई टेवा पुग्ने छ

हाम्रो दमक

दमक,२३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दमकमा भ्यु टावर निर्माण गर्न लागेको रकमबाट सोहि ठाउँमा सरकारी मेडिकल कलेज खोल्न नागरिक अभियन्ता डाक्टर गोविन्द केसीले सुझाव दिएका छन् ।


आज काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नागरिक अभियन्ता डाक्टर केसीले भ्यु टावर खोल्ने रकमबाट मेडिकल कलेज खोल्न सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा ओलीकै ईच्छामा दुई अर्ब ७४ करोडमा भ्यु टावर निर्माण गर्ने योजना अघि बढाईएको छ ।
साम्यवादी नेताको प्राथमिकतामा जनताको स्वास्थ्य भन्दा भ्यु टावर परेको भन्दै डाक्टर केसीले भ्यु टावरको योजना नीजि क्षेत्रले व्यवसायीक रुपमा सञ्चालन गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् । डाक्टर केसीले भने, –‘दमकमा भ्यु टावर निर्माणमा लाग्ने रकममा अरु एक अर्ब थपेमा सरकारी मेडिकल खोल्न सकिन्छ, यसले नागरिकको शिक्षा र स्वास्थ्यलाई टेवा पुग्ने छ । ’
पुँजीवादी देशका क्रोनी क्यापिटालिस्टले पनि लाज मान्ने गतिबिधि अहिलेका प्रधानमन्त्रीले गरिरहेको भन्दै उनले अहिलेका नेताहरुले जनताको तलब भत्ता खाए पनि माफियाको काम गरिरहेको आरोप लगाए । साम्यवादी सरकार भएको ठाउँमा मनपरीतन्त्र ढंगले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गरेको भन्दै डाक्टर केसीले साम्यवादी, समाजवादी भनिएका शीर्षस्थ नेताहरुलेनै माफियासँग साँठगाँठ गरिरहेको आरोप लगाए ।

सोम, पुस २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोडको आर्थीक सहयोग

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

चालकहरुको आँखा परिक्षण

दमक,३० पुस । ईलाका प्रहरी कार्यलय दमकले सवारी चालकहरुको आँखा जाँच गरेको छ ।  दमक बसपार्क क्षेत्रमै आइतबार दिनभरि सडकमा गुडिरहेका बस,ट्रक,भेनका चालकहरुलाई रोकेर त्यसका चालकहरुको आँखा जाँच गरिएको ईलाका ट्राफिक कार्यालयका ईञ्चार्ज दधिराम...

दमकमा धिमाल विद्यार्थी मञ्च गठन

दमक,२९ पुस । झापाको दमकमा रहेका धिमाल विद्यार्थीहरु संगठित भएका छन् । आइतबार सम्पन्न धिमाल विद्यार्थी मञ्चको पहिलो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सुनिल धिमालको अध्यक्षतामा चयन भएको नगर समितिको उपाध्यक्षमा अस्मिता...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...