नेबिसंघको मोरङ सभापतिमा जैसवालको दावी

हाम्रो दमक

 उर्लाबारी, २३ पुस ।  नेपाल बिद्यार्थी संघ मोरङको जिल्ला सभापतिका लागि सुजित जैसवालले आफनो उम्मेद्वारी घोषणा गरेका छन् ।
संघको जिल्ला सदस्य तथा उर्लाबारी बहुमुखी क्याम्पसका नेबिसंघ सभापति समेत रहेका जैसवालले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।


माघको तेस्रो साता हुने १२ औ जिल्ला अधिबेशनका लागि सभापतिमा आफुले शैक्षिक विकासका लागि उम्मेद्वारी घोषणा गरेको जैसवालले बताए । आफुलाई मोरङ क्षेत्र नं. १ र २ का साथै विराटनगर बाहिरका अधिंकाश क्षेत्रिय, नगर र क्याम्पस समितिको समर्थन रहेको जैसवालले दाबी गरे । बिभिन्न युवा क्लब, सामाजिक संस्था युथ रेडक्रस सर्कल, नेबिसंघको क्याम्पस समिति लगायतका बिभिन्न संस्थाहरुमा गरेको नेतृत्वले संघको जिल्ला नेतृत्व बहन गर्न सक्ने क्षमता आफुमा रहेको उनले जनाए ।

उनले सदरमुकाम विराटनगरबाहिर रहेर पनि संगठनको नेतृत्व गर्न सकिन्छ भन्ने उदाहरण आफुले प्रस्तुत गर्न चाहेको बताए । विद्यार्थी आन्दोलनमा निर्वाह गरेको भूमिकाका कारण नेविसंघ विद्यार्थीहरु माझ लोकप्रिय रहेको उल्लेख गर्दै उनले सदरमुकाम बाहिर संगठनलाई सुदृढ र ब्यापक बनाउने अठोट व्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा उर्लाबारी बहुमुखी क्याम्पस नेबिसंघका पदाधिकारीहरु, नेबिसंघ मोरङ क्षेत्र नं. २ का सचिव महेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

सोम, पुस २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...