मैनाचरीका विद्यार्थीलाई स्वीटर

हाम्रो दमक

दूधे,२२ पुस । शिवसताक्षी ११ स्थित मैनाचरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका ५८ जना विपन्न तथा असहाय विद्यार्थीहरुलाई बाह्रदशी गाउँपालिकाको समिक्षा फाउन्डेशनले जाडोमा लगाउने सुइटर वितरण गरेका हो ।


बाह्रदशी गाउँपालिकामा हेम कोइरालाकी छोरी समिक्षा कोइराला र धुव्र शिवकोटीकी छोरी समिक्षा शिवाकोटीको नामबाट संयुक्त रुपमा खोलिएको समिक्षा फाउन्डेशनले २५ हजार बराबरको सुइटर वितरण गरेको जनाएको छ । विपन्न तथा असहाय विद्यार्थीहरु जाडोमा एउटा सट मात्र लगाएर विद्यालय जाने केही विद्यार्थीहरु कपडा अभावकै कारण विद्यालय जान नसक्ने भएकाले हामीले त्यस्ता विद्यार्थीहरुलाई राहत स्वरुप सुइटर वितरण गरेको फाउन्डेशनका हेम कोइरालाले बताए । विद्यार्थीहरु सुइटर पाएपछि दंग पर्दै खुसी भएका थिए ।
यसैबीच विद्यालयबाट विभिन्न समयमा अन्य विद्यालयमा सरुवा भएर जाने शिक्षकहरुलाई पनि विदाई गरिएको छ । शिक्षक मित्रप्रसाद थापा, गंगाप्रसाद घिमिरे, रामदेव साहलाई विद्यालयका प्रधानाध्यापक रामप्रसाद मण्डल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिलनकुमार राईले विदाई गरेका शिक्षक मिभ बस्नेतले बताए । अवकाश प्राप्त शिक्षक बिलराम कडरिया र मोहनप्रसाद तिवारीलाई विद्यालयले विदाई गरेको थियो ।

आइत, पुस २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...