लायन्स लखनपुरद्धारा विद्यार्थीलाई स्कुल जुत्ता

हाम्रो दमक

लखनपुर,२२ पुस । लायन्स क्लव अफ लखनपुरले कमल गाँउपालिका वडा नम्बर ७ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल जुत्ता सहयोग गरेका छन् ।

स्कुल जुत्ता हस्तान्तरण गरिदै

आइतबार विद्यालयमा एक कार्यक्रम गरि त्यहाँ अध्ययनरत ५१ जना विद्यार्थीहरुलाई मोजासहित जुत्ताहरु प्रदान गरिएको क्लवका प्रथम उपाध्यक्ष ज्ञाननाथ पौडेलले बताए । त्यस अवसरमा लियो क्लवका सदस्यहरुलाई लायन्सको लोगो समेत वितरण गरिएको उनले जानकारी दिए ।
लायन्स ३२५ ए वानका जोन चियर पर्सन लीला चिमरियाको प्रमुख आतिथ्यता तथा कमल ७ का वडाध्यक्ष पृथीपति राईको विशिष्ट आतिथ्यतामा विद्यार्थीहरुलाई जुत्ताहरु हस्तान्तरण गरिएको थियो । लायन्सले आफनो सामाजिक कार्यक्रम अन्तर्गत उक्त सहयोग वितरण गरिएको क्लवका पूर्व अध्यक्ष धर्मानन्द भट्टराईले वताए । तीन वर्षअघि स्थापित लायन्सले विभिन्न मानवीय सेवामा सहयोग पुरयाँउदैआएको उनले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स लखनपुर लियोका अध्यक्ष धिरज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राई, इस्र्टन लायन्सका अध्यक्ष विमल शर्मा , लायन्स क्लव स्वीटसिटीका अध्यक्ष विश्वास कास्यपलगायतको उपस्थिति रहेको थियो । यसैगरि क्लवले लखनपुर क्षेत्रमा यहि पुस २९ गतेका दिन वृहत स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने तयारी गरेको क्लवका सदस्य विमल नेपालले जानकारी दिए ।

आइत, पुस २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

सीप र संस्कारयुक्त शिक्षामा सप्तश्री एकाडेमीको जोड

दमक,११ चैत । झापाको दमक ९ स्थित सप्तश्री एकाडेमीले सीप र संस्कारयुक्त शैक्षिक पठनपाठन सञ्चालन गरिआएको जनाएको छ । गएको वर्षदेखि सञ्चालनमा आएको सो एकाडेमीले आज दमकमा पत्रकार सम्मेलन गरि शैक्षिक गुण स्तरसंगै विश्व वजारमा...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...