गेउरियामा गुरुङ्गहरुले मनाए ल्होसार मनाए

हाम्रो दमक

लखनपुर,२१ पुस ।  ल्होसारमा सार्वजनिक विदाँ नदिएपछि झापाको लखनपुर क्षेत्रका गुरुङ्गहरुले आज विभिन्न कार्यक्रम गरि ल्होसार मनाएका छन् । कमल गाँउपालिका वडा नम्बर ७ स्थित गेउरियामा विभिन्न कार्यक्रम गरि सामूहिक रुपमा ल्होसार मनाएका हुन् ।

कार्यक्रममा बोल्दै तमु ह्यूल छोंज धिं जिल्ला अध्यक्ष गुरुङ्ग

तमु ह्यूल छोंज धिं साविक लखनपुरले शनिवार विदाँका अवसर पारेर ल्होसार मनाईएको उक्त संस्थाका अध्यक्ष गंगा प्रसाद गुरुङ्गले बताए । पुस १५ गते ल्होसार पर्वमा सरकारले सार्वजनिक विदाँ नदिएपछि विदाँका अवसर पारेर ल्होसार मनाइएको उनले बताए ।

कार्यक्रममा गुरुङ्ग समुदायका ११ जना ज्येष्ठ,स्नाकोत्तर अध्ययन गरेका ५ जना विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै विभिन्न गीत नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक रविन गुरुङ्गले वताए । त्यस्तै, कार्यक्रममा आयोजना गरिएको प्रतियोगितात्मक हण्डिफोरमा सनम गुरुङ्ग,म्यूजिकल चियर दौडमा मन्दिरा गुरुङ्गलाई पुरस्कृत गरिएको थियो ।    साविक लखनपुरमा करिव १ सय घर गुरुङ्ग भएको वताईएको छ ।
तमु ह्यूल छोंज धिं झापाका जिल्ला अध्यक्ष धनबहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहभागी गुरुङ्गका अग्रजहरुले ल्होसार चाडलाई सरकारले सार्वजनिक विदाँ नदिएकोमा गुनासो राखेका थिए । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बेणु शिवाकोटी,जनजाति महासंघका महासचिव नित्यनन्द ताजपुरिया,कमल ७ का वडाध्यक्ष पृथीपति राईलगायतले ल्होसार पर्वको शुभकामना मन्तव्य राखेका थिए ।

शनि, पुस २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...