कोच विकास सम्बन्धी प्रशिक्षण

हाम्रो दमक

गौरीगञ्ज,२० पुस । कोच समुदायको भाषा,संस्कृति, पहिचान र ईतिहास जगेर्ना गर्ने उद्देश्यले आज गौरीगञ्जमा एक दिने विचार गोष्ठी सम्पन्न भएको छ ।
कोच प्रवासी मञ्च केन्द्रीय समितको आयोजनामा सम्पन्न ‘कोच समाज र स्पष्ट धारणा’विषयक कार्यक्रममा मोरङ्ग सुनवर्षि नगरपालिका स्रोत व्यक्ति पूर्णलाल ताजपुरियाले प्रशिक्षण दिएका थिए ।


कोच समुदायमा रहेका कुरिति, कुसंस्कारलाई न्यून गर्नका लागि अपनाईने उपायबारे जानकारी गराएको थियो । अन्तरक्रियात्मक कार्यक्रममा प्रशिक्षक ताजपुरियाले कोच समुदायको उत्पति, ईतिहास, संस्कृति र भाषाबारे जानकारी गराएका थिए । कोच समुदायका करिब ४० जनाको सहभागिता रहेको थियो ।
कोच समुदायको पहिचान, संस्कृति, भाषा, रहनसहन हराउदै गएको हुनाले यसलाई जगेर्ना र उत्थान गर्न प्रवासमा रहेका कोच युवायुवतीहरूको सहयोगमा कोच प्रवासी मञ्च स्थापना भएकोे कोच प्रवासी मञ्चका केन्द्रीय अध्यक्ष नारायण प्रसाद ताजपुरियाले जानकारी दिए ।
कोच प्रवासी मञ्चका केन्द्रीय सल्लाहकार सदस्य फुलबत्ती राजवंशी, कोच प्रवासी मञ्चका संस्थापक अध्यक्ष योगेन्द्र राजवंशी, प्रवासी मञ्चाका मोरङ्ग जिल्ला सदस्य
पुष्पतलाल राजवंशी, दुर्गा प्रसाद ताजपुरिया, पर्वतलाल राजवंशीलगायतले बोलेका थिए । कोच प्रवासी मञ्चका केन्द्रीय अध्यक्ष नारायण प्रसाद ताजपुरियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चकी केन्द्रीय सचिव बविता राजवंशीले गरेकी थिईन ।
यसैक्रममा गौरादह नगरपालिका वार्ड नं १ बस्ने दिलबहादुर ताजपुरियाकी छोरी वबिना ताजपुरियालाई उपचारका लागि २० हजार रूपैयाँ सहयोग प्रदान गरिएको थियो । वबिनाकी बुबा दिलबहादुर ताजपुरियालाई मञ्चका संस्थापक अध्यक्ष योगेन्द्र ताजपुरियाले उक्त रकम सहयोग प्रदान गरिएको थियो । उक्त सहयोग विदेशमा बसेका कोच समुदायका युवाहरुमार्फत जुटेको हो ।

शुक्र, पुस २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...