उत्तम थापाको उत्तम निर्णय

हाम्रो दमक

युएई । आफ्नो जन्मदिनको उपलक्ष्यमा फजुल खर्च नगरी युएईमा कार्यरत सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कर घोषणा गरेका छन् ।

पार्टी गरेर र केक काटेर मनाइने पश्चिमा शैलीको जन्मदिनको बढदो प्रचलनको विरुद्धमा थापाले आफुले अध्ययन गरेको इन्द्रावती-१०, पाटीगाउँमा रहेको श्री सरस्वती आधारभूत विधालयमा ५० हजार रुपैयाँको अक्षय कोष खडा गरी बुबाआमाको सम्मानमा यो पुरस्कार स्थापना गरेको बताएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा करिब ११ वर्षदेखि युएईको फुजेरामा काम गरिरहेका थापा युएईको नेपाली सामाजिक जीवनमा कृयाशिल र प्रष्टवक्ता ब्यक्तित्व हुन् ।

प्रवासी नेपाली मञ्च, फुजेरा क्षेत्रीय समितिका अध्यक्ष समेत रहेका थापाले आफ्नो ३४ औ जन्मदिनको अवसर पारेर आफ्ना समाजसेवी बुबा पृथ्वीबहादुर थापा र कर्मयोगी आमा नन्दकुमारी थापाको सम्मानका खातिर “पृथ्वी-नन्द प्रोत्साहन पुरस्कार” आफुले अध्ययन गरेको विधालयमा रहेका विद्यार्थीहरुलाई बर्सेनि प्रदान गर्ने बताएका छन् । यो विधालयमा यो वर्ष ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने र त्यो कोषलाई आगामी दिनमा बढाउदै लैजाने यस कोषका परिकल्पनाकार उत्तम थापाले बताएका छन् । यो कोषको ब्याजबाट प्राप्त रकमलाई कोष संचालक समितिको निर्णयबाट गरिब तथा असहाय बिद्यार्थीलाई बर्सेनि पुरस्कार प्रदान गरिने थापाले बताएका छन् ।

यो कोष संचालनका लागि सोही विधालयका प्रधानाध्यापक सुदर्शन अधिकारीको संयोजकत्वमा विधालय ब्यवस्थापन समितिका अध्यक्ष बद्री थापा, शिक्षक माधवप्रसाद अधिकारी, र आमा नन्दकुमारी थापा रहेको एक समिति गठन समेत गरिएको र समितिको संरक्षकमा बुबा पृथ्वीबहादुर थापा रहने कोष का संस्थापक उत्तम थापाले बताएका छन् । जन्मदिनको मनाउने फरक तरिकाले समाजको शैक्षिक र सामाजिक विकासमा निस्चय नै सेवा पुग्ने यस कोषका संयोजक सोही विधालयका प्रधानाध्यापक सुदर्शन अधिकारीले बताएका छन् ।

बर्थडे पार्टीको नाममा लाखौं फजुल खर्च गर्नेहरूको तुलनामा परदेशमा मजदुरी गरिरहेका उत्तम थापाको निर्णय साच्चिकै उत्तम रहेको उत्तमका दाजु तथा विधालय ब्यवस्थापन समितिका अध्यक्ष बद्री थापाले प्रतिक्रिया दिएका छन् । पुरस्कार ब्यवस्थापन समितिका सदस्य तथा शिक्षक माधवप्रसाद अधिकारीले रोजगारीको लागि बिदेश गएका उक्त क्षेत्रका हजारौं युवाहरुको लागि उदाहरणीय काम भएको र अरुले पनि उत्तमको झै समाजको हितको लागि काम गर्नुपर्ने बताएका छन् ।

शुक्र, पुस २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै । साथमा भाग्य चिट्ठा पहिलो पुरस्कार १ तोला सुन

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

रुपन्देही सेवा समाज इजरायल बार्षिक उत्सब गर्दै

इजरायल । रुपन्देही सेवा समाज इजरायलले चौथो बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ । जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले यहि जुलाई १२...

‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको...

इजरायलमा गीतकार अवार्ड २०१९ हुदै

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलले “KYC गीतकार अवार्ड २०१९ आयोजना” गरेकाे छ । यहि जुलाइ १२ तारिख तेलअभिवकाे यार्काेन पार्कमा आयोजक “KYC गीतकार अवार्ड २०१९ ले गीतकारहरुको सम्मानार्थ, हौसला र उत्प्रेरणाको लागि “KYC...

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

प्रचण्डले माफी माग्नुपर्ने नेपाल तामाङ घेदुङ इजरायलको माग

इजरायल । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी...

मध्य पूर्वको ओमनमा विश्वभरीका एनआरएनए अभियन्ताहरुको बृहत्त भेला हुँदै

ओमन | गैर आवासीय नेपाली संघ (एनआरएनएन ) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म तोकिएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८...

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष...

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा...