विर्तामोडमा अहिलेसम्मकै ठूलो महोत्सव हुँदै

हाम्रो दमक

विर्तामोड । निकै लामो अवधिपछि झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाको आयोजना हुने भएको छ ।

विर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजना र रमपम चाउचाउको मुख्य प्रायोजनमा आगामी माघ ११ देखि २३ गतेसम्म हुने विर्तामोड ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हँुदै आएकामध्ये सबैभन्दा वृहत र व्यवस्थित बनाउने तयारी गरिएको छ ।

विहीवार पत्रकार सम्मेलन गरी सङ्घले महोत्सवमा २ लाखले अवलोकन गर्ने आशा गरिएको जनाएको छ । महोत्सवमा नेपाल र छिमेकी मुलुकका स्टलहरु रहने भएका छन् ।

अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका स्टल रहने र चीन तथा थाइल्यान्डका व्यवसायीहरुसँग स्टल राख्ने बारे कुराकानी भइरहेको पत्रकारहरुलाई जानकारी दिए ।

महोत्सवस्थललाई विशेष रुपमा सिंगारिने, धुलो नहुने गरी कार्पेट विछ्याइने र सुरक्षाको भरपर्दो प्रबनध मिलाइने सङ्घका महासचिव प्रशान्त भण्डारी बताउँछन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, सङ्घका उद्योग उपाध्यक्ष प्रकाश शिवाकोटी, महोत्सवका व्यवस्थापक ललित सिंखडा, पूर्व अध्यक्ष बलराम कार्की लगायतले मन्तब्य राखेका थिए ।

महोत्सवको आकर्षण बढाउन हेलिकोप्टर सेवा समेत मेला अवधिभर सञ्चालनका लागि पहल भइरहेको अध्यक्ष भट्टराई बताउँछन् । मेलामा प्रवेशका लागि अवलोकनकर्ताले ५० रुपैयाँ तिर्नु पर्ने र मार्सी चामलको समेत एउटा स्टल रहने बताइएको छ ।
महोत्सवको अनुमानित लागत १ करोड ५ लाख रहने बताइएको छ ।

शुक्र, पुस २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...