रामजानकी विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

हाम्रो दमक

महाभरा, १९ पुस । गौरीगंज – १ महाभारास्थित रामजानकी आधारभुत विद्यालयका २ सय २८ विद्यार्थीलाई न्यानो कपडा ( स्वेटर ) तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । विभिन्न क्षेत्रहरुबाट सहयोग जुटाएर कपडासहितका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्र नं ४ का संघिय सांसद सदस्य एलपी सांवाले उक्त विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामाग्रीहरु प्रदान गरेका हुन् ।


सहयोग हस्तान्तरण गर्दे सावाँले हुलाकी राजमार्गको पूर्व कन्काई नदी देखि रतुवा पुलसम्मकोबाटो २४ किलोमिटर यसै वर्षदेखि ठेक्का प्रक्रिया अघि बढाउने बताए ।
कार्यक्रममा प्रदेश नं १ का प्रदेश सांसद झलक सिंह दर्लामीले शैक्षिक गुणस्तरका लागि यस क्षेत्रको १० वटा विद्यालयलाई प्राविधिक विद्यालयको रूपमा विकास गर्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सामाजिक विकास मन्त्रालयमार्फत आर्थिक वर्ष २०७५र ७६ सालका लागि शिक्षा क्षेत्रलाई सुधार एवं गुणस्तर बनाउन १ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोे बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधानन्द सिंह राजवंशीका अनुसार २०४४ सालमा तत्कालीन प्रधानपञ्च हरिनारायण सिंह राजवंशीकोे पहलमा विद्यालयको स्थापना भएको थियो । स्थानीय समाजसेवी कालीप्रसाद राजवंशीले दान दिएको ८ कठ्ठा जग्मामा विधालयको स्थापना भएको हो ।
कार्यक्रममा जग्गा दान दिएका तथा शैक्षिक सामाग्री र पंखा प्रदान गर्ने दाताहरूलाई सम्मानसमेत गरिएको थियो । दाताहरूमा एक विघा जग्गा प्रदान गर्ने लक्ष्मी प्रसाद श्रेष्ठ, सुनचाँदी पसल शिवगंजका दिपेश लम्गादे र सहयोगी साथीहरूसहित २० हजार बराबरको स्वेटर, कंकेश्वर निर्माण प्रालिले १० हजार मूल्य बराबरको स्वेटर, टंक श्रेष्ठ १० हजार रूपैयाँ बराबरको स्वेटर, बुद्विमान खोयाङ लिम्बुले १२ हजार रूपैयाँको स्वेटर, विशाल संग्रौलाले ८ हजार रूपैयाँको स्वेटर, मिलन मैनालीबाट ५ हजार रूपैयाँको स्वेटर र विज्ञान सामाग्री माईक्रोस्कोप, विष्णु प्रसाईबाट ४ हजार ९ सय रूपैयाँ बराबरको स्वेटर, सहदेव फर्निचरबाट अफिस टेवल, किरण फर्निचर उद्योगका सञ्चालक श्रवण महतोेबाट अफिस टेवल, किन्जल हार्डवेयर नगेन्द्र कुवरबाट सिलिङ पंखा २ थान, ओम हार्डवेयर ओेम प्रकाश राजवंशीबाट २ थान सिलिङ पंखा, हाम्रो पुस्तक पसल शिवगंज नवीन मैनालीबाट ४ हजार रूपैयाँ बराबरको शैक्षिक सामाग्री, गोपाल प्रसाद ढुंगानाबाट ३ हजार बराबरको शैक्षिक सामाग्री, स्व.जनाकु र गयासरी राजवंशीको स्मृतिमा टेक,गंगा र पञ्चम राजवंशीबाट एक थान दराज विध्यालयलाई प्राप्त भएको विद्यालयका प्रधानाध्यापक टेकनारायण राजवंशीले जानकारी दिए ।

बिहि, पुस १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...