‘ सशस्त्र विद्रोहको तयारीमा छौ’

पार्टीको फागुन १ मा हुने आठौ महाधिबेशनलाई भव्य रुपमा सम्पन्न गर्न देशव्यापी रुपमा संगठन निर्माण अभियान सञ्चालनमा रहेको जानकारी दिए ।

हाम्रो दमक

दमक ,१९ पुस। पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त मान्ने पार्टीहरु वीच एकताको प्रकृया अघि बढ्ने बताएका छन् ।


किराँतीले तत्कालिन नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका प्रचण्डको नेतृत्वमा केहि नेताहरु नेकपा एमालेसंग आत्मसमर्पण गरि विलयको पथमा अघि बढेका कारण क्रान्तिकारी माओवादी शक्तिहरुवीच एकता गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पार्टीले विहिबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष किरातीले महान विद्रोहका लागि ढिलो चाँडो क्रान्तीकारी माओवादीहरुले सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था निम्तिएको पनि बताए ।

नेता किराँतीले भने – ‘महाधिवेशन लगत्तै विप्लव नेतृत्वको नेकपासंग र त्यसपछि बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसंग एकता हुन्छ ।’ उहाँहरुले माओवादको सिद्धान्त त्यागि नसकेको कारण एकतासहित पूरा तयारी गरेर सशस्त्र विद्रोह हुने र त्यसले विगतमा सर्वहारा वर्गका मुक्तिका खातिर उठाएका मुद्धाहरुलाई केन्द्रिकृत गरेर अघि बढ्ने नेता किराँतीको भनाई छ । शान्तिपूर्ण आन्दोलन गर्छो ,त्यसले माओवादीका एजेण्डा सम्बोधन नभए शसस्त्र आन्दोलनमा जाने तयारीमा समेत रहेको उनले बताए ।

                      माओवादीको प्रदेश कमिटी
यसैगरि पार्टीले १ नम्बर प्रदेश स्तरिय तर्दथ कमिटी गठन गरेको जनाएको छ । पार्टी संगठन सुढृणिकरण अभियान अन्तर्गत विमल निरौलाको अध्यक्षतामा १५१ सदस्यीय प्रदेश तर्दथ कमिटी गठन गरेको जनाएको हो । कमिटीको उपाध्यक्षमा गंगाराम गोमदेन,सचिवमा बद्री पासवान चुनिएका छन् । त्यस्तै, ५१ सदस्यीय प्रदेश सचिवालय कमिटी समेत गठन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
दुई दिन सम्म दमकमा चलेको पार्टीको संघीय परिषद बैठकले तर्दथ कमिटी गठन गर्नुका साथै समसामयिक विषयहरुमा छलफल गरिएकोे नवनिर्वाचित अध्यक्ष निरौलाले वताए । उनका अनुसार वैठकमा पार्टी अध्यक्ष गोपाल किराती,महासचिव कर्णजीत वुढाथोकी,सचिव राजन तिम्सीना र केन्द्रीय सल्लाहकार शसीभूषण किरातीले पार्टी पूर्नगठनको आवश्यकता,औचित्यता,पार्टीको आगामी महाधिबेशन र माओवादी आन्दोलनको निरन्तरताका विषयमा प्रशिक्षण दिएका थिए ।

पार्टीको फागुन १ मा हुने आठौ महाधिबेशनलाई भव्य रुपमा सम्पन्न गर्न देशव्यापी रुपमा संगठन निर्माण अभियान सञ्चालनमा रहेको जानकारी दिए । पार्टीको राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै यहि पौष २५ देखि माघ २५ गते एक महिना सम्म जनसहयोग अभियान सञ्चालन गर्ने निर्णय पनि भएको जनाइएको छ ।

सो अभियान अन्तर्गत प्रदेश नम्बर १ का करीब ३ लाख जनता वीच पुग्ने र सो क्रममा पार्टी सुदृढिकरण तथा वैचारिकरण गर्न सशोंधनवादी रुझान विरुद्ध वैचारिक संघर्ष गर्ने पनि निर्णय भएको पनि पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बिहि, पुस १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...

झापाका खेत खेतमा टयाक्टर, देखिनै छोडे हल गोरु ! नेपालको कृषि क्षेत्र यता न उता

दमक | केहि वर्ष अघिसम्म पनि झापाका प्राय सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मान्निथियो । जिल्लाका प्रत्येक किसानले आफनो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन रहेको थियो । थोरै खेती हुने किसानका घर...

बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघले बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आज बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

प्रशान्तको स्मृतिमा देशैभरि श्रद्धाञ्जलीसभा

झापा,२९ असार । असार २५ गते भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा सोलुका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को प्रहरीले हत्या गरेपछि बन्द हडतालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले...