दमक खानेपानीमा ९ पदका लागि २० जनाको उम्मेदवारी

निर्वाचन कार्यक्रम अन्तर्गत विहिबार आज १९ गते उम्मेद्वार बिरुद्ध दाबी बिरोध गर्ने, २० र २१ गते उम्मेद्वारी फिर्ता लिने र २२ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

हाम्रो दमक

दमक १९पुस । झापाको दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन गईरहेको निर्वाचनमा ९ सदस्य पदका लागी २० जनाको उम्मेद्वारी परेको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार भएको मनोनयनमा दलीय गठबन्धन बनाएर २० जनाको मनोनयन दर्ता गरेका हुन् ।निर्वाचन समिति सदस्य लिला गुरागाईंका अनुसार ६ वटा क्षेत्र गत र तिन जना खुल्ला महिला सदस्य गरी ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी मनोनयन भएको छ ।

कांग्रेसहितको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु

जस मध्ये क्षेत्रगत आधारमा वडा नं १ मा घनेन्द्रराज योङया, कृष्ण कुमार भण्डारी र सुमन काफ्ले, ५ मा धनबहादुर भट्टराई र लिला ढुंगेल दाहाल, ६ मा रोशन गौतम र गणेश बहादुर बस्नेत, ७ मा महेन्द्र कुमार लिम्बु र रामकुमार थापा, ८ मा धिरेन लावती र हरिप्रसाद न्यौपाने र वडा नम्बर ९ मा हरि सुवेदी र नेत्रप्रसाद पराजुलीको उम्मेद्वारी परेको छ ।
यस्तै, तीन खुल्ला महिला सदस्यकोलागी मिना कोइराला, पञ्चमाया राई, विष्णु कुमारी भट्टराई, सुमित्रा भण्डारी, तारा शाही, कृष्णमायाँ थापा र प्रेम कुमारी सम्बाहाम्फेको उम्मेदवार परेको निर्वाचन समिति सदस्य गुरागाईंले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अन्तर्गत विहिबार आज १९ गते उम्मेद्वार बिरुद्ध दाबी बिरोध गर्ने, २० र २१ गते उम्मेद्वारी फिर्ता लिने र २२ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
दमकको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा दलहरुले दुईवटा प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसको साथमा संघिय समाजवादी फोरम, नयाँ शक्ति पार्टी नेपाल,संघीय लिम्बुवान मञ्च साथै साना दलहरुको गठबन्धन रहेको छ भने नेकपा र राप्रपाको अर्काे गठबन्धन बनेको छ ।
निर्वाचन समितिका अनुसार उपभोक्ताहरुले निर्वाचित हुने नौ सदस्यीय सञ्चालक समितिमा खुल्ला तीन महिलामा आफूले रोजेको उम्मेदवारलाई मत दिन सक्ने छन् भने क्षेत्रगत आधारमा धारा रहेको वडाबाट प्रतिष्पर्धी सदस्यलाई मात्र मत दिन पाउने व्यवस्था छ । सदस्यहरु निर्वाचित भएपछि मात्र त्यही सदस्यहरुमार्फत पदाधिकारी, जिम्मेवारी वाँडफाड गरिने नियम रहेको बताईएको छ ।
२२ वर्ष अघि स्थापित दमक खानेपानी संस्थामा हाल ९ हजार १५ धारा पुगेको छ । ती मध्ये ७ हजार ६ सय २० वटा घरमा धारा जडित छ । दमकका १,२ ,४,५,६,७,८ र ९ वडाहरुमा सञ्चालित खानेपानी तीन वटा टंकीमार्फत वितरण हुदैआएको छ । पानी दैनिक ६३ लाख लिटर उत्पादन हुदैआएको छ ।

बिहि, पुस १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

‘वर्तमान सरकार जनवादी केन्द्रीयता लादन उद्यत’

विर्तामोड ११ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाएका छन् । । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

दमकमा हुने वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र

दमक,१० चैत । झापाको दमकमा यहि चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा दमकमा प्रभात र्याली

दमक | विश्व मुख स्वास्थ्य दिवसको प्रभात र्यालीको आयोजना गरीएको छ । झापाको दमकमा बुधबार लाईन्स क्लब अफ दमक युनाइटेड, हाम्रो बाल आस्रम, लाईन्स क्लब अफ माउन्ट एभ्रेष्ट, आमा डेन्टल,साहारा इजिनियरीङ कन्सल्टेनसी, शुभकामना सहकारी संस्थाको...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...