वर्तमान सरकार कम्यूनिष्टको होइन् : पूर्वमन्त्री यादव

नेता यादवले संसदीय ,लोकतान्त्रिक संविधान भित्र रहेर अहिलेको सरकार कम्यूनिष्टको सरकार भएको भनेर व्याख्या गरिनु गलत भएको टिप्पणी

हाम्रो दमक

दमक,१८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार कम्यूनिष्टको सरकार नभएको बताएका छन् । लोकतन्त्रमा कम्यूनिष्ट हुदै नहुने जिकीर गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कम्यूनिष्ट सरकार नभएको दावी गरे ।


झापाको दमकमा आज नेपाल प्रेस युनियनले स्थानीय पाथीभरा होटलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता यादवले संसदीय ,लोकतान्त्रिक संविधान भित्र रहेर अहिलेको सरकार कम्यूनिष्टको सरकार भएको भनेर व्याख्या गरिनु गलत भएको टिप्पणी गरे ।
कम्यूनिष्ट एकदलीय सिद्धान्तबाट प्रतिपादित हुने भन्दै उनले विश्व राजनीतिमा हराउदै गएको कम्यूनिष्ट नेपालमा कहिल्यै नआउने दावी गरेका छन् ।
वाइडवडी प्रकरण,कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या काण्डमा ओली नेतृत्वको सरकार चौतर्फी असफल भईसकेको उनको आरोप थियो । उनले भने ,–‘ सरकार पूरै असफल छ, रमिते भएर बस्नु सुहाँउदैन् ’
नेता यादवले सरकार संविधान मिचेर जनताका अधिकार खोस्न कुचेष्टा गरिआएको उल्लेख गरे । उनले कांंग्रेसले संविधान विरोधी सवै खाले आक्रमणको विरुद्ध संसद र सडकमा गएर आन्दोलनमा जानुपर्ने अवस्था आएको वताए । संंघियता कार्यान्वयन गर्न केन्द्रीय सरकार गैरजिम्मेवारका रुपमा देखिएको उनको आरोप थियो ।
इलाम र पाँचथरका कार्यक्रममा सहभागी भएर फर्किएका नेता यादवले दमकका पार्टी अगुवा कार्यकर्ताहरुसंग समेत अन्तरकृया गरेका थिए। कार्यकर्ता माझ उनले कांग्रेस बलियो मात्र लोकतन्त्र वलियो हुने भएकाले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि अव कांग्रेसका आम कार्यकर्ताहरु एक भएर अघि बढ्नु पर्ने जोड दिए । उनले भने,–‘हरेक संघसंस्था,विद्यालय, बाटो ,मन्दिरका समितिमा आफनो नेतृत्व मजवुत वनाउन एक भएर जुट्नुहोस, त्यहाँ म होइन् कांग्रेसका सक्षम मान्छेले नेतृत्व पाए भन्ने वातावरण बनाउनुपर्छ ’

बुध, पुस १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

‘वर्तमान सरकार जनवादी केन्द्रीयता लादन उद्यत’

विर्तामोड ११ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाएका छन् । । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा...

दमकमा हुने वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र

दमक,१० चैत । झापाको दमकमा यहि चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न सकेन : नेता आङ्गदेम्बे

दमक ,९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । शनिवार दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...