गोरखा कम्व्याटले आर्मीका लागि तालिम सञ्चालन गर्नेे

हाम्रो दमक

दमक,१७ पुस । महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ । दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।

गोरखा कम्व्याट अल्टिमेट फिटनेसका सञ्चालित कार्यक्रमका बारेमा जानकारी दिदै सञ्चालकहरु ।

सेन्टरले मंगलवार दमकमा पत्रकार सम्मेलन गरि व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने पूर्वका युवाहरुलाई लक्षित गरेर स्तरिय तालिम सञ्चालन गर्न लागिएको सञ्चालक समेत रहेका वरिष्ठ प्रशिक्षक राष्ट्र राईले बताए । पहिलो चरणमा दुई सय जनालाई आवासीयसहितको स्तरिय तालिम दिने व्यवस्था गरिएको उनले जनाएका छन् ।
उनका अनुसार फिटनेट सेन्टरमा व्रिट्रीस तथा सिंगापुर आर्मीसहित मार्सल आर्ट,तेक्वान्दो खेलका अन्तराष्ट्रिय स्तरमा नाम कहलिएका खेलाडीहरुको प्रत्यक्ष प्रशिक्षणमा आधुनिक किसिमका शारीरिक अभ्यास गराईने छ । विदेशमा रोजगारी खोज्ने युवाहरुलाई आर्मी लगायतका सैनिक तालिममा निपुण तथा दक्ष वनाउन गोरखा कम्ब्याटले आफनै ठाँउमा सुविधासम्पन्न तालिम स्थल बनाउन जुटेको उनले दावी गरेका छन् । व्रिट्रीस आर्मीका अनुभवी प्रशिक्षक समेत रहेका राष्ट्रले आफनै गाँउघरमा खेल र स्वस्थ्य शरीरका लागि शारीरिक सुगठन तर्फ युवाहरुलाई प्रोत्साहित गर्न समेत सुविधासम्पन्न व्यवसायिक फिटनेश सेन्टरमा स्थापना गरिएको बताए । उनले भने,–‘ हामीलाई पैसा कमाउन भन्दा पनि यस क्षेत्रका युवाहरुलाई सहि मार्ग डोहोरयाउन खोजेका हौ ।’

सेन्टरमा अन्य ठाँउका भन्दा दक्ष र विदेशका मापदण्ड अनुसार सुविधा तथा विधिहरु उपलब्ध गराउने गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरका कार्यकारी प्रमुख तथा प्रशिक्षक रविन राईले वताएका छन् ।
सञ्चालनमा आउन लागेको गोरखा कम्ब्याट अल्टिमेट फिटनेट सेन्टरमा व्यवसायिक रुपमा पूराना तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका गुरुहरु राष्ट्रसहित सिंगापुर आर्मीका रविन राई, व्रिट्रीस आर्मी समेत रहेका मार्शल आर्टका गुरु मन्दिप राई , तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडीहरु सृजना राई,विद्या राई, मार्शल आर्ट प्रशिक्षक दिपक धिमाल लगायतका पूराना तथा अनुभवी व्यवसायिक खेलाडीहरु रहेका छन् ।

प्रशिक्षकहरुको लगानीमा दुई वर्षदेखि दमक ९ स्थित सगरमाथा मल्टि मार्शल आर्ट संघको सुविधासम्पन्न भवन निर्माणाधिन अवस्थामा छ । सगरमाथा मार्शल आर्ट युकेको सगरमाथा डोजोसंग समेत आवद्ध छ ।  निर्माणको अन्तिम चरणमा रहेको उक्त भवनमा इन्डोरका सवै खाले खेलकुदसहित शारीरिक अभ्यासका लागि जिम,जुम्बा लगायतका गतिविधिहरु सञ्चालन हुने संघका अध्यक्ष दिपक धिमालले वताए ।
उक्त पत्रकार सम्मेलनमा संघीय संसद सदस्य महेन्दकुमारी लिम्बु, दमक ९ का वडाध्यक्ष रामबहादुर धिमाल लगायतले सफलताको शुभकामना राखेका थिए ।

मङ्ल, पुस १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...