दमक खानेपानीमा लोकतान्त्रिक गठबन्धनको उम्मेदवारी घोषणा

स्थानीय नेतृत्वसंग आफूहरुले सहमतिय आधारमा खानेपानीको नेतृत्व चयन गर्न आग्रह गरेपनि सत्ताधारी नेकपाका नेतृत्वकर्ताहरुले आफूहरुलाई उपेक्षा गरेका कारण बाध्य भएर उम्मेद्वारी घोषणा गर्दै निर्वाचनमा जानुपरेको जिकीर

हाम्रो दमक

दमक १७ पुस । झापाको दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक समूहले आफनो उम्मेद्वारहरु घोषणा गरेको छ ।
नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल , नयाँ शक्ति पार्टी नेपाल, संघीय लिम्बुवान मञ्चले आज संयुक्त पत्रकार सम्मेलन गरि वडा नं ७ बाहेकका सबै वडाका र खुल्ला सदस्य पदका उम्मेद्वार सार्वजनिक गरेको हो ।

घोषित उम्मेदवारहरु

गठबन्धनलाई जिताउन सार्वजनिक गरिएका दलीय गठबन्धन बाहेक राष्ट्रिय जनमुक्ति पार्टी र मधेवादी साना दलहरुले पनि लोकतान्त्रिक प्यानललाई सघाँउने भएको उनीहरुले दावी गरेका छन् ।
घोषणा अनुसार ती दलको संयुक्त लोकतान्त्रिक गठबन्धन टिमबाट क्षेत्रगत आधारमा वडा नं १ मा घनेन्द्रराज योङया, वडा नं ५ मा धनबहादुर भट्टराई, वडा नं ६ मा रोशन गौतम, ७ मा महेन्द्र लिम्बु , वडा नं ८ मा धिरेन लावती र ९ मा हरि सुवेदी उम्मेद्वार रहेका छन् । यस्तै , तीन खुल्ला महिला सदस्यको कोटामा क्रमशः मिना कोइराला,पञ्चमाया राई र विष्णु कुमारी भट्टराई उम्मेदवार घोषणा गरिएको छ ।
सो प्यानलका उम्मेद्वारहरुको नामावली संघीय समाजवादी फोरम नेपाल केन्द्रीय राजनीतिक समिति सदस्य प्रविण चाम्लिङले घोषणा गरेका थिए ।
कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रमका वक्ताहरुले सबैभन्दा ठुलो दलको हैसियतमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको स्थानीय नेतृत्वसंग आफूहरुले सहमतिय आधारमा खानेपानीको नेतृत्व चयन गर्न आग्रह गरेपनि सत्ताधारी नेकपाका नेतृत्वकर्ताहरुले आफूहरुलाई उपेक्षा गरेका कारण बाध्य भएर उम्मेद्वारी घोषणा गर्दै निर्वाचनमा जानुपरेको बताए । तर उम्मेदवारी घोषणा भएपनि अन्तिम समयसम्म सहमतिको खोज्न सकिने उनीहरुले जनाएका छन् । उनीहरुले सहमतिको सवै सभांवना नसकिएको र घोषित समयमै निर्वाचनका सवै कार्यक्रम सञ्चालन गर्न माग समेत गरेका छन् ।


घोषणा कार्यक्रममा कांग्रेसका नगर सभापति रोशन विष्टले अधिकतम सहमतिका लागि कांग्रेस लगायतका अन्य दलहरु तयार भएपनि सत्तापक्षीय नेकपाकै नेतृत्वमा सहमति जुटाउन नेकपाका नेताहरु तयार नहुँदा निर्वाचनमा जानुपरेको बताए । सहमतिय प्रस्तावका अनेकौ विकल्पहरुको नेकपाले वेवास्ता गरेको उनले आरोप लगाए ।
उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवारहरुले दमकको खानेपानीमा विगत लामोसमयदेखिको एकल नेतृत्वले खानेपानीको क्षेत्रको विकासमा सन्तोषजनक काम गर्न नसकेको आरोप लगाउदै लोकतान्त्रिक पक्षधरलाई जिताउन आग्रह गरेका थिए ।
                                                       नेकपा र राप्रपाको गठबन्धन
संस्थाको निर्वाचनमा सहमतिको संभावना न्यून हुदै गएपछि नेतृत्व हत्याउन दलीय प्रतिष्पर्धा हुने देखिएको छ । नेतृत्वमा दलीय सहमति जुट्न नसकेपछि लगभग चुनाव हुने पक्कापक्की भएको बताईएको छ ।
लामोसमयदेखि नेपाल कम्यूनिष्ट पार्टीको पकडमा रहेको दमक खानेपानी संस्थामा पुनः नेकपाले आफनो नेतृत्व हुनु पर्ने दावी गरेपछि चुनाव हुने स्थिति आएको अर्कापक्षधरको जिकीर छ ।
नेतृत्वमा सहमति नजुटेपछि नेकपा बाहेकका प्रमुख राजनीतिक दलहरु एकभएर चुनावमा जाने भएका हुन् । यता नेकपा र राप्रपाले गठबन्धन बनाएर चुनावमा जाने र छिटै उम्मेदवारी घोषणा गर्ने तयारी रहेको वताईएको छ ।
दमक खानेपानीमा हालका अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष पशुपति राज गौतमले लगातार तीन कार्यकाल नेतृत्व गरिआएका छन् । उनले वडाध्यक्षको जिम्मेवारी पाएसंगै संस्था भन्दा बाहिर बसेर जनप्रतिनिधिका रुपमा सघाउ पुरयाँउने वताउदैआएका छन् ।

                                                              करिव ८ हजार उपभोक्ता
२२ वर्ष अघि स्थापित दमक खानेपानी संस्थामा हाल ९ हजार १५ धारा पुगेको छ । ती मध्ये ७ हजार ६ सय २० वटा घरमा धारा जडित छ । कार्यालयका अनुसार दमकका १,२ ,४,५,६,७,८ र ९ वडाहरुमा सञ्चालित खानेपानी तीन वटा टंकीमार्फत वितरण हुदैआएको छ । पानी दैनिक ६३ लाख लिटर उत्पादन हुदैआएको छ ।
निर्वाचन समितिका अनुसार उपभोक्ताहरुले निर्वाचित हुने नौ सदस्यीय सञ्चालक समितिमा खुल्ला तीन महिलामा आफूले रोजेको उम्मेदवारलाई मत दिन सक्ने छन् भने क्षेत्रगत आधारमा धारा रहेको वडाबाट प्रतिष्पर्धी सदस्यलाई मात्र मत दिन पाउने व्यवस्था छ । सदस्यहरु निर्वाचित भएपछि मात्र त्यही सदस्यहरुमार्फत पदाधिकारी, जिम्मेवारी वाँडफाड गरिने नियम रहेको बताईएको छ ।

मङ्ल, पुस १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

सामान्य वर्षापनि डुब्छ दमकको हिमशिखर टोल

दमक । झापाको दमक ५ स्थित हिमशिखर टोल विकाश संस्था सामान्य बर्षामा पनि डुबान पर्ने गरेको छ । दमकक्षेत्र कै आवासकालागि उपयुक्त मानिएको हरिओम कोलेनी क्षेत्र अन्र्तगतको यो टोल विकाश संस्था सामान्य बर्षामा समेत...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...

दमक ब. क्याम्पसको प्रमुखमा डा. बुढाथोकी

दमक,५ साउन । यहाँस्थित दमक बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर नेत्रबहादुर बुढाथोकी नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिको आज आइतबार बिहान बसेको बैठकले डाक्टर बुढाथोकीलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समिति...

झापाका खेत खेतमा टयाक्टर, देखिनै छोडे हल गोरु ! नेपालको कृषि क्षेत्र यता न उता

दमक | केहि वर्ष अघिसम्म पनि झापाका प्राय सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मान्निथियो । जिल्लाका प्रत्येक किसानले आफनो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन रहेको थियो । थोरै खेती हुने किसानका घर...

बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघले बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आज बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी...

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...