नेपाल र युएईबिचको एकदिबसीय खेल माघ ११ गतेबाट

२० सदस्सिय प्रारम्भीक नेपाली टोलीको घोषणा

हाम्रो दमक

काठमाण्डौ । युएईसंगको एक दिबसीय र ट्वान्टी २० सिरिजका लागी २० सदस्सिय प्रारम्भीक नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषणा गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल, अबिनाश बोहोरा, बसन्त रेग्मी, बिक्रम शोब, बिनोद भण्डारी र दिपेन्द्रसिंह ऐरीले स्थान बनाएका छन् । टोलीमा करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी र रोहित पौडेलले पनि स्थान बनाएका छन् । सन्दिप लामिछाने, शरद भेषावकर, सोमपाल कामीपनि युएई भ्रमणका लागी टोलीमा रहनेछन् ।

भीम सार्की, सन्दिप झोरा र सुशन भारीले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । आईसीसीका प्रतिनिधि एमिनुल ईस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का नेतृत्वको खेलाडी छनोट टोलीले टोलीको छनौट गरेको हो । नेपाली टोलीको क्याम्प पौष २४ गतेबाट सुरु हुने नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन सिबाकोटीले जानकारी दिनुभयो ।

नेपालले युएईसंग उसैको घरेलु मैदानमा माघ ११ गतेबाट तीन म्याचको वान डे र ३ म्याचको टि–२० सिरिज खेल्नेछ । यो खेलपछि नेपाल औपचारिक रुपमा आईसीसीको एकदिबसीय बरियतामा प्रबेश गर्नेछ ।

खेल तालिका

माघ ११ गते पहिलो वान डे

माघ १२ गते दोस्रो वान डे

माघ १४ गते तेस्रो वान डे

माघ १७ गते पहिलो टि–२०

माघ १८ गते दोस्रो टि–२०

माघ २० गते तेस्रो टि–२०

सोम, पुस १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...