बुद्धिचाल छनौट प्रतियोगिता दमकमा सम्पन्न

हाम्रो दमक

दमक | आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नंबर प्रदेश बुद्धिचाल छनौट प्रतियोगिताको लागि झापा जिल्ला फिडे रेटिंग बुद्धिचाल छनौट प्रतियोगिता आइतबार सम्पन्न भएको भएको छ।

दमक स्थित सप्तश्री एकाडेमी को हलमा भएको प्रतियोगिता पौष १३ देखि १५ गते सम्म भएको थियो । प्रतियोगिता स्वीस लिग ७ चरणको खेलाईएको थियो , खुल्ला तर्फ राजन सुबेदी ६.५ अंकका साथ प्रथम , सुश्रुत दाहाल ५.५ अंकका साथ दोश्रो र समान ५.५ अंकका साथ कृष्ण प्रसाद सिग्देल तेश्रो स्थान प्राप्त गरि प्रदेश छनौट प्रतियोगिताका लागि छानिएका छन् ।

महिला तर्फ खुस्बु थापा प्रथम कृपा अधिकारी दोश्रो र सस्तिका बस्नेत तेस्रो स्थान प्राप्त गरि प्रदेश छनौट प्रतियोगिता को लागि छानिएको जानकारी पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला ( निरज ) ले दिनुभयो ।

आइत, पुस १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

बर्ने च्यालेन्ज कप फुटबल चैत ११ गतेवाट हुने

शान्तिनगर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वर्ने च्यालेञ्च कप नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । युनिटी युथ क्लव बुद्धशान्ति–४ बर्नेको आयोजनामा आगामी चैत ११ गते सोमवारबाट चैत...

साफ च्याम्पियनसिप फाइनलमा नेपाल पुन: चुक्यो, भारतद्वारा ३-१ ले पराजित

विराटनगर | नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै...

साबित्रा भण्डारीको शानदार गोलमा नेपाल-भारत फाइनल पहिलो हाफ बराबर

बिराटनगर | पाँचौं दक्षिण एसियाली फुटबल(साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि विराटनगरको शहीद रंगशालामा जारी खेलमा भारतले गरेको अग्रतालाई नेपालले ३३ औ मिनटमा बराबर गरेको छ । भारतले डी बक्स बाट पाएको फ्री किकलाई...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

भेट्रन क्लवलाई खेल सामाग्रीहरु प्रदान

दमक ,१ चैत । दमकका युवा व्यवसायी दिवस राईले दमक लखनपुर भेट्रन क्लवलाई एक लाख मूल्य वरावरको खेल सामाग्रीहरु सहयोग दिएका छन् । क्लवका सदस्य समेत राईले क्लवका खेलाडीहरुको हितका लागि स्वेच्छिक करिव १ लाख...

झापा गोल्डकपको उपाधि आर्मीलाई, उपाधि उचाल्ने झापाको सपना अधुरै

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेसँगै...

झापा गोल्डकपको उपाधिको लागि आज आर्मी र झापा ११ भिड्दै

बिर्तामोड । झापामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि आज विभागीय त्रिभुवन आर्मी र आयोजक झापा ११ भिड्दैछन् । झापा गोल्डकपको उपाधि भिडन्तमा तेस्रो पटक भेट हुन लागेको झापाले थ्री स्टार र आर्मीले क्यामरुनको...

चैत २१ देखि मंगलवारेमा भलिवल प्रतियोगिता

लखनपुर ,२६ फागुन । आगामी चैत्र २१ गतेदेखि कमल ५ स्थित मंगलवारे वजारमा तीन दिने प्रदेशस्तरिय अन्तर स्थानीय तहवीच एसवाइसी च्यालेन्ज भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय सगुन युवा क्लवले आज मंगलवारेमा पत्रकार...

डिफेण्डिङ च्याम्पियन क्लब झापा गोल्डकपको फाइनलमा, उपाधिको लागि झापासँग भिड्ने

बिर्तामोड । डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापासँगको भेट पक्का गरेको हो । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको...

पूर्व फुटबलर अस्मिता र गम्भीरलाई सम्मान गरिने

झापा,२५ फागुन । मग मग झापा गोल्डकप आयोजक समितिले चौथो संस्करणमा पनि पूर्व राष्ट्रिय फुटबलरलाई विशेष सम्मान गर्ने भएको छ ।आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार यसवर्ष अन्तराष्ट्रिय पूर्व फुटबल खेलाडी भद्रपुरका गम्भीर राई...