दमकका होटल तथा लजहरुमा छापा

हाम्रो दमक

दमक,११ पुस । होटल तथा लजहरुमा हुदैआएको वेश्यावृति रोक्न दमक प्रहरीले बुधबार दमकका होटल तथा लजहरुमा आकस्मिक छापा मारेको छ ।
इलाका प्रहरी कार्यालय दमकले दुई वटा टोली परिचालन गरि दमकका होटल तथा लजहरुमा एकैसाथ छापा मारेको हो । प्रहरी निरिक्षक खगेन्द्र एक्तेन र नायव निरीक्षक भुपाल खत्रीको कमाण्डमा दुई टोली परिचालन गरेर छापा मारिएको थियो । एउटा टोलीले दमक चोकबाट पश्चिम तर्फका राजमार्ग आसपास क्षेत्रका होटल तथा लजमा र अर्को टोलीले बसपार्क तथा रवि स्टेण्डसम्मका होटलहरुमा छापा मारेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार सो क्रममा एक जना होटल सञ्चालक , २ युवती र अन्य दुई पुरुषलाई नियन्त्रणमा लिएर साँझ आवश्यक सोधपुछ गरेर छाडिएको छ ।
सो क्रममा प्रहरीलाई ती युवतीहरुले आफूहरु वाइफाई चलाउनका लागि होटलमा आएको बयान दिएका पनि प्रहरी स्रोतले जनाएको छ ।
होटलमा अबैधानिक रुपमा यौनधन्दा सञ्चालन भएको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिईएका उनीहरु मध्ये कसैले पनि त्यस्तो धन्दा नस्विकारेपछि सम्झाई बुझाई गरेर ती युवतीहरुलाई अभिभावकको जिम्मा लगाईएको प्रनाउ सुब्बाले वताएका छन् ।

बुध, पुस ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

कुलमायाको नाममा संकलित सहयोग रकम सार्वजनिक

दमक,६ माघ । झापा कमल –६ की कुलमाया बस्नेतको जिवन बचाउका लागि गठित अभियानको संकलित रकम सार्वजनिक गरिएको छ । अभियानले आईतबार पत्रकार सम्मेलन गरि शुक्रबार उनको निधनसंगै जारी रकम संकलन अभियान स्थगित भएको...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

पत्रकार कुटपिट गर्नेलाई कारवाहीको माग

उर्लाबारी,६ माघ । मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् । अनुदानको मकैको...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

धिमाल व्यवस्थापनको नेतृत्व चयन

दमक,५ माघ ।  झापाको दमकमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पुन लोकबहादुर धिमालको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको छ । समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, महिला...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको नेतृत्व चयन

दमक,५ माघ । दमक ५ स्थित यलम्बर शालिक संरक्षण सम्बद्र्धन बिकास संस्थाको अध्यक्षमा जीत बहादुर राई चुनिएका छन् ।  शनिवार सम्पन्न संस्थाको प्रथम साधारणसभाको वन्दसत्रले राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवनिर्वाचित समितिको...