खेलकुद मन्त्रालयका सचिवद्धारा रङ्गशाला र कभर्ड हल निर्माण गरिने जग्गाको निरीक्षण

हाम्रो दमक

मेचीनगर । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माण गरिने दमकस्थित जग्गाको आइतबार निरीक्षण गरेका छन् । सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धि प्रदेशस्तरीय अन्तरक्रियामा भाग लिन पूर्व आएका उनले जिल्लास्थित खेल पूर्वाधारको निरीक्षण गरेका हुन् ।

सचिव सापकोटा नेतृत्वको सचिवस्तरीय मन्त्रालयको टोलीले भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधिन प्याराफिटको स्थलगत अवलोकन गरी आवश्यक राय सुझाव समेत दिएको छ । टोलीले नेपाल प्रहरीका पूर्व एआईजी दमक निवासी अम्बरसिंह साहले सुविधा सम्पन्न अत्याधुनिक शैलीको कभर्ड हल निर्माणका लागि निशुल्क उपलब्ध गराएको दमक नगर ९ स्थित १० कठ्ठा जग्गाको अवलोकन गरेको छ ।

त्यस्तै, टोलीले अन्तरराष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण गर्न नेपाल सरकारले १ करोड रुपैयाँ बजेट विन्यास गरेको लखनपुरस्थित रङ्गशालाको अवलोकनसहित सो विषयमा छलफल गरेको थियो ।

उक्त रङ्गशालाको स्थलगत अध्ययनपछि भएको छलफलमा मन्त्रालयका सचिव सापकोटा, दमक नगरका प्रमुख रोमनाथ ओली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंलगायत सहभागी थिए ।

त्यस्तै गरेर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सचिव सापकोटाको स्वागत तथा सम्मान कार्यक्रममा समितिका अध्यक्ष थापाले झापामा भइरहेका खेलकुद सम्बन्धि गतिविधिका बारेमा अवगत गराएका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिए ।

सो कार्यक्रममा समितिका उपाध्यक्ष भेषराज भण्डारी, कोषाध्यक्ष धर्मराज शिवाकोटी, सदस्य ज्ञानेन्द्र राई, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, विभिन्न खेल विधाका प्रशिक्षकलगायतको उपस्थिति थियो ।

इलाममा हुने अन्तरक्रियामा विभिन्न खेल विधाका १ सय ५० जना खेलाडी, प्रशिक्षक, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कार्यालय प्रमुखलगायत सहभागी हुनेछन् ।

अन्तरक्रियामा मन्त्रालयको सचिवस्तरीय टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक जित्ने खेलाडीको उत्पादनलगायत खेलकुदसंग सरोकार राख्ने विविध विषयमा छलफल गर्ने बताईको छ ।

मङ्ल, पुस १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

सीप र संस्कारयुक्त शिक्षामा सप्तश्री एकाडेमीको जोड

दमक,११ चैत । झापाको दमक ९ स्थित सप्तश्री एकाडेमीले सीप र संस्कारयुक्त शैक्षिक पठनपाठन सञ्चालन गरिआएको जनाएको छ । गएको वर्षदेखि सञ्चालनमा आएको सो एकाडेमीले आज दमकमा पत्रकार सम्मेलन गरि शैक्षिक गुण स्तरसंगै विश्व वजारमा...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...