पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

हाम्रो दमक

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले जानकारी दिए । २०७१ सालदेखि लाग्दै आएको महोत्सवले यसवर्ष पनि निरन्तरता पाएको छ ।

पाँचौ पटक लाग्ने महोत्सव धारागोला खेलमैदानमा लाग्नेछ । जिल्लाको प्रमुख पर्यटकीय स्थल धारागोलामा भ्यूटावर निर्माणको क्रममा छ । सोही भ्युटावर निर्माण र प्रचार÷प्रसारका साथै आदिवासी जनजातिको संस्कृति उजागर गर्न हरेक बर्ष महोत्सवको आयोजना हँुदै आएको सेर्माले बताए ।

महोत्सवमा यसवर्ष विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिने छ । यसका साथै बुद्धशान्ति गाउँपालिकास्तरीय नृत्य र गायन प्रतियोगिता हुने आयोजक समितिका सदस्य सुमन लेप्चा(वाङ्चू)ले जानकारी दिए । महोत्सवमा विभिन्न कृषि समूहले उत्पादन गरेको कृषि उपज वस्तुहरुको प्रदर्शनी, लोपोन्मुख नेपाली मौलिक खेलकुदका कार्यक्रम, पूर्वाञ्चलब्यापी साहित्यिक कार्यक्रम, रक्तदान कार्यक्रम र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा एक सयभन्दा बढी स्टलहरु रहने बताइएको छ ।

आर्थिक बर्ष २०७१/०७२ मा निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रममार्फत रु.१२ लाख र आर्थिक बर्ष २०७२/०७३ मा रु.१८ लाख साथै स्थानीयको जनसहभागिता मार्फत रु. एक लाख ७१ हजार पाँच सय ५२ रुपयाँ ७३ पैसाको लागतमा पाँच तले भ्यू–टावरको ७० प्रतिशत संरचना निर्माण भएको छ ।

बाँकी काम सम्पन्न गर्न आर्थिक बर्ष २०७३/०७४ मा संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु. १० लाख विनियोजन भएपछि भ्यू–टावर सम्पन्न हुने क्रममा छ । निर्माणधीन संरचना सम्पन्न गर्न बुद्धशान्ति गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त भ्युटावर निर्माण सम्पन्न गर्न करिब एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सो रकम जुटाउन सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न महोत्सव लाभदायी हुने भ्यूटावर निर्माण समितिका सचिव राजकुमार लावतीले बताए ।

सोम, पुस ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...