बच्चालाई मोबाइल हेर्नबाट कसरी कन्ट्रोल गर्ने ?

हाम्रो दमक

शनिबारको बिहान  १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् । “लौ ? मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो ।”

उनीहरुबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः शुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन । के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ ? “सम्भवत,” उनी स्वीकार्छन् । तर उनीहरुले भनेजति खेल्न पाउँदैनन् । अरु धेरै बाबुआमा झैं, हेलीहरुले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन् । कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदैछ । उनीहरु ज्यादै व्यस्त हुन्छन्, र जताततै भेटिने डिजिटल सामाग्रीसँग कति जुध्नु ?

हेनरीलाई स्क्रीनबाट छुटाउन दिनहुँ सङ्घर्ष नै गर्नु पर्दछ, उनका बुबाआमाले भने । “उसलाई स्क्रीनबाट छुटाएर अरु केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ,” उनकी आमा बार्ब हेली भन्छिन् । “ऊ रिसाउँछ, निराश हुन्छ । आमा कति खराब हुनुहुन्छ भन्छ । यो किन, केका लागि गरेको भन्छ ।” विज्ञहरुको भनाइमा यसको लक्ष्य नै बच्चाहरुले ठूलो भएपछि आफ्नै ढङ्गले केही सोचुन्, गरुन् तथा शारीरिक रुपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनु पर्दछ । अफलाइन हुँदा उनीहरु बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरुको भनाइ छ । तर धेरै अमेरिकी घरपरिवारमा अभिभावकहरुले बालबच्चासँग धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ ।

कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरुमा गरेको सर्भेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ । तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन् । सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे । आधाभन्दा बढीले मोबाइलले उनीहरुलाई स्कुलका गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए ।

केही प्रविधि क्षेत्रका कम्पनीहरुले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन् । एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा “स्क्रीन टाइम” सुविधा थपेको छ । यसले एप्सको प्रयोगको अनुगमन गर्दछ र प्रयोगकर्तालाई वा उनीहरुका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ । गूगल फर फेमिलिज र गूगल प्ले तथा अरु धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्नेगरी सेवा दिएका छन् । तर यी सुविधाहरु मोबाइलमा आफैँ सेट हुँदैनन् । सिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो । वाइफाईमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे । छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकूदका भिडियोहरु, अरु मनोरञ्जनात्मक खेलहरु र सामाजिक सञ्जालमा साथीहरुसँग गफिएर बिताएका थिए ।

“मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,” एलेन भन्छन् । त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे । कुनै चेतावनी नदिई उनले एकरात वाइफाई बन्द गरिदिए । एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो । “त्यसपछि ऊ बाहिरियो ।” यो अन्याय भो भन्दै ऊ बाहिर गयो । बाबुले एभरेटको कुरा सुनिरहे । उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने ।

“मैले केही गल्ती त गरेको छैन नि,” एभरेटले पटकपटक भनिरह्यो । यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाताहरु यसलाई “कुलत” भन्न चाहिँ रुचाउँदैनन् । मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन । तर, विश्व स्वास्थ्य संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई “गेमिङ हलचल वा गडबडी” भनेको छ । डिजिटल खेलले सम्बन्धहरु, स्कुल र काममा गम्भीर रुपमै व्यवधान ल्याउँछ । अमेरिकी स्वास्थ्य निकायहरुबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ ।

कहिलेकाहिँ, विज्ञहरुको भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ सङ्कटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ । त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ छैन जाँच गर्नु जरुरी भइसकेको छ । “एउटा लक्षणमा प्रायः सधैंजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ,” न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन् । “यो नै सबैभन्दा ठूलो समस्याको रुपमा पाइएको छ ।”

एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबर्जस्ती गरिरहे । वाइफाईमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुई वटा पुस्तक किनेर ल्यायो । आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन्, र त्यसपछि फुटबल खेल्न थाल्छन् । एभरेटले साक्सोफोन पनि बजाउँछ । हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन् ।

आइत, पुस १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

बिज्ञान/प्रविधि बाट अन्य

हरियाली सामुदायिक वनद्वारा वैज्ञानिक वन व्यवस्थापन सुरु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका – ६ मा रहेको हरियाली सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । सामुदायिक वन भित्र रहेका माऊ रुख राखेर चक्रिय प्रणाली अन्तरगत पुराना, ढलापढाका रुख हटाउँदै नयाँ...

शाखाले प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना गर्दै क्यान महासंघ मोरङ

विराटनगर । क्यान महासंघ मोरङ शाखाले आउँदो पुस १९ गतेदेखि ५ दिनसम्म प्रदेशस्तरीय क्यान इन्फोटेक २०१९ गर्ने भएको छ । क्यान मोरङ शाखाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी इन्फोटेक गर्ने जानकारी गराएको हो । क्यान...

कक्षा ११ पढ्ने नेपाली विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने यस्तो प्रबिधि !

काठमाडौं, २ मंसिर ।  महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले बलात्कारवाट जोगाउने मेशिन बनाएका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन...

फेसबुकले ल्यायो टिकटकलाई चुनौति दिने यस्तो एप

काठमाडौँ । सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो एपको नाम बिककय रहेको छ...

सामसुङको बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पाँचौ डेभलपर सम्मेलन गर्दै सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा ट्याबलेटको स्वरुपमा...

यस्तो बिशेषता सहित डबल डिस्प्ले स्मार्टफोन लञ्च गर्ने तयारीमा सामसुङ

एजेन्सी । कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु...

नेपाली शेयर बजारमा नयाँ युग :अब शेयर किनबेचमा पूर्ण स्व:चालित अनलाइन प्रणाली लागु

काठमाडौँ। मङ्गलबारदेखि शेयर बजारमा नयाँ युगको सुरुवात हुँदैछ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। नेपाल स्टक एक्सचेञ्ज नेप्सले एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको ...

अवदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने

काठमाडौँ, १९ कात्तिक । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि...

एप्पलले ल्यायो यस्तो विशेषता सहित हालसम्मकै पातलो आइप्याड

एजेन्सी । अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड बजारमा ल्याएको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९...

बिपी हाइवेबारे सबै जानकारी लिन मिल्ने नेपालमै पहिलोपटक यस्तो प्रविधि प्रयोग ,यसरी लिनुस जानकारी

काठमाडौं । बिपी हाइवेको सडकमा इमर्जेन्सी इन्फर्मेसन सिस्टम (इआईएस) जडान गरिएको छ । जसको सहयोगले बनेपादेखि बर्दिबाससम्मको १६० किलोमिटर सडकमा बर्षा, पहिरो, दुर्घटना वा अन्य अवरोधका वारेमा आवश्यक जानकारी घरैमा बसेर अनलाइन रुपमा हेर्न...