कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिला भएर सँधै महिलाकै पक्षमा मात्र वकालत गर्नुपर्छ भन्ने पक्षमा म छैन ।

कुसुम तामाङ्ग

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा महिला निकै सवल र सक्षम बनिसकेका छन् भनिएता पनि समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य रुपमा स्थापित हुन सकेको छैन भन्दा खासै फरक नपर्ला । समाजमा महिलाको अवस्थामा परिवर्तन नआउन्जेल देश विकासको सपना कदापी पुरा हुन सक्दैन । समाजका हरेक क्षेत्रमा महिलाको सकृय सहभागिता नहुनुमा केहि हदसम्म महिलाका कमिकमजोरि पनि पक्कै छन् ।

-कुसुम तामाङ्ग

महिला भएर सँधै महिलाकै पक्षमा मात्र वकालत गर्नुपर्छ भन्ने पक्षमा म छैन । कहिलेकाहिँ हाफूले गरेको कामको समीक्षा नगर्नु, आफ्नो कमीकमजोरिलाई नियालेर सुधार्ने प्रयास नगर्नु र आफ्नो क्षमाता अभिवृद्धि गर्नेतर्फ ध्यान नदिनाले पनि कार्यक्षेत्रबाट पलायन हुने अवस्थाको सृजना हुन्छ । चाहे महिला होस या पुरुष कुनै पनि क्षेत्रका अब्बल भएर अगाडि आउनका निमित्त कार्यक्षेत्रमा सहयोगि वातावरण हुन पनि उत्तिकै आवश्यक छ । यदि कार्यक्षेत्रमा असहयोगि वातावरण हावि भएको छ भने काम गर्ने जो कसैको पनि क्षमतामा प्रतिकुल प्रभाव पर्न सक्छ । आज महिलाहरुले निर्णायक तहमा उचित सहभागिता जनाइसकेकाछन् तर पनि कीन महिलाहरुको स्वविवेकीय मौलीक क्षमताको प्रभाव झल्कन सकीरहेको छैन ? यो प्रश्नको उत्तर कस्ले दिने ।

आज हरेक क्षेत्रमा महिलाको सहभागिता मात्र बढाउने होडबाजीमा कोटा, आरक्षण र समाबेशिताको नाम खडा गरेर महिला उपस्थिति अनिवार्य गरिएको छ । यसरि भिख दिएझैँ गरि कोटा र आरक्षणको भरमा महिलालाई अघि उभ्याइदिदा कहिलेकाहिँ योग्यता र क्षमताको खिल्लि उडाएझैँ लाग्छ । कसैले भनेका छन् महिला भएर पुरुषजस्तो बनीन खोज्नु महिलाको मुर्खता हो! पक्कै पनि । महिला पुरुष बराबरि भन्दै जतीसुकै चर्को नाराबाजी गरे पनि यथार्थ यहि हो की महिला पुरुष कहिल्यै पनि बराबरि हुन सक्दैनन् । जब प्रकृतिलेनै महिला र पुरुष बेग्ला–बेग्लै हुन् भनेर छुट्याइदिएको छ भने हामी कसरि बराबरि हुन सक्छौ? तर हामिले बुझ्नैपर्ने कुरा के छ भने जब योग्यता र क्षमताको कुरा आउँछ यहाँ महिला र पुरुष भन्ने कुराको कुनै औचीत्य हुँदैन । योग्यता र क्षमता भनेको नितान्त व्यक्ति विशेषमा भर पर्ने कुरा हो ।

बोलेका कुरा व्यवहारमा उतार्न नसक्दा पनि केहि हदसम्म महिला पछि परेको छर्लङ्ग देख्न सकीन्छ । सधैँ भासण गर्दा हामी कमजोर छैनौ भन्ने तर काम सम्पादन गर्ने बखत चाहीँ महिला भएकै कारण आफूलाई अनुकुल वातारण बनाइदिन माग गर्ने प्रवृति महिला नेतृहरुमा बढी हावि भएको स्पस्ट देख्न सकीन्छ । आजको दिनमा पनि महिला हक अधिकारको विषयमा छलफल र बहस गर्नका लागि कुनै विषेश दिन अथवा कुनै दिवश नै पर्खनुपर्छ ।

वर्षमा एक दिन कुनै एउटा दिवशको अवसर पारेर केबल शहर–बजारका शिक्षित महिलाहरुको उपस्थितिमा सम्पन्न हुने विभिन्न किसिमका कार्यक्रमले महिलाको हक अधिकार सुनिश्चितता गर्न के कस्तो टेवा पुर्याइरहेको छ त ? यहाँ पनि प्रश्न छ के अझै पनि महिलाको विषयमा बहस गर्न दिवसनै पर्खीरहनुपर्छ ? अन्यथा हैन भने बाँकी दिनमा कीन महिलाको हक अधिकार, हरेक क्षेत्रमा महिलले भोग्नुपरेका समस्या र महिला मुद्याको कुरामाथि छलफल र बहस हुन सकीरहेको छैन? यहिँबाट पनि प्रष्ट हुन्छ आजको दीनमा हाम्रो समाजमा महिलाको अस्तित्व । खैर अब त हामिलाई कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो ।

दमक,झापा

बुध, मंसिर २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...

दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ । नेकपा र राप्रपाको संयुक्त गठबन्धनका...

दमक खानेपानीको मतदानमा सर्वसाधारणको उल्लास

दमक,२८ पुस । झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालय परिसरमा सुरक्षा घेरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको हो...

देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता : पूर्व प्रम डा. भट्टराई

दमक,२६ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । दमक – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत...

‘रेलिगेशन’ बिनाको लिगले घटाएको नेपाली फुटबलको रौनक

काठमाडौँ, २७ पुस | गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभएको थियो, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग...

झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै

झापा, २७ पुस । झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र...