थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

हाम्रो दमक

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले ३ सय ४ मत प्राप्त गरेका थिए भने प्रत्यासी पाठकले १ सय ६६ मत मात्र प्राप्त गरेका थिए । सालिन, भद्र र कर्तव्यनिष्ठ कोइराला यस अघि पनि वनको अध्यक्षमा रहेर नेतृत्व गरिसकेका छन् । वनको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गरेको छ ।

उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनका नवराज फुयाँल निर्वाचित भएका छन् । उनले बाम गठबन्धनका अन फुजेललाई ३१ मतको अन्तरले पराजित गरेका छन् । फुयाँलले २ सय ४२ मत प्राप्त गरे भने भुजेलले २ सय १२ मत प्राप्त गरेका थिए । सचिवमा बाम गठबन्धनकी जानुका ओलीले प्रत्यासी लोकतान्त्रिक गठबन्धनकी देवीमाया तामाङलाई २३ मतले पछि पार्दै निर्वाचित भइन् । ओलीले २ सय ४३ र तामाङले २ सय २० मत प्राप्त गरेकी थिइन् । सहसचिवमा लोकतान्त्रिकका मोहन भण्डारीले प्रत्यासी तारा पौडेललाई ३२ मतले पछि पार्दै निर्वाचित भए । भण्डारीले २ सय ३५ मत प्राप्त गरेका थिए भने पौडेलले २ सय ३ मत प्राप्त गरे । कोषाध्यक्षमा बाम गठबन्धनकी लक्ष्मी श्रेष्ठले लोकतान्त्रिक गठबन्धनकी मंगलमाया मगरलाई ९ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका निर्वाचन समितिका सदस्य हेमेन्द्र निरौलाले बताए ।

यसैगरी सदस्यहरुमा लोकतान्त्रिकतका फुलकुमारी दनुवार (६७), वुष्प दाहाल (४९), महेन्द्र रिजाल (६१), कुमारी राई (६०) र दिलकुमारी क्षेत्री लिम्बू (४३) मत प्राप्त गर्दै विजय भए । यसैगरी बाम गठबन्धनका तर्फबट अग्नि चौधरी (५४), देवीमाया बुढाथोकी (४३) र करुण राजवंशी (५४) मत प्राप्त गर्दै विजयी भएका निर्वाचन समितिका सदस्य हेमेन्द्र निरौलाले बताए । निरौलाका अनुसार ५ सय १० उपभोक्ता भएको उक्त वनमा ५ सय ८७ मत झरेको थियो ।

मङ्ल, मंसिर २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

वेघाको अध्यक्षतामा संघीय प्रेस फोरमको प्रदेश समिति

दमक,९ चैत । संघीय प्रेस फोरम नेपाल प्रदेश १ को अध्यक्षमा फिपराज वेघा चयन भएका छन् ।दमक मा आज सम्पन्न संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक भेलाले वेघाको अध्यक्षतामा १९ सदस्यीय प्रदेश तदर्थ समिति गठन...

कानेपोखरीमा सवारी दुर्घटनामा : दुईको मृत्यु

मोरङ,९ चैत । पूर्व–पश्चिम लोकमार्ग अन्तगर्त मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ७ स्थित सडक खण्डमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । घट्ना विहान करिव ४ वजेको समयमा भएको हो ।...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...