चलचित्र “कुलत” को छायाङ्कन हुँदै

हाम्रो दमक

बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति र इलामका कन्याम लगायत विभिन्न आकर्षक स्थानमा छायाङ्कन भइरहेको निर्माण टिमले जानकारी दिएको छ ।

कुलतमा फसेर पछि सुध्रेका र समाजमा उदारहणीय भएका युवा युवतीको जीवनीलाई चलचित्रमा उतार्न खोजीएको निर्देशक कसम खवासले जानकारी दिनुभयो । निर्देशक खवासका अनुसार युवायुवतीहरु अझ भनौ धनाड्य र लाउरेका परिवारका छोराछोरीहरु कसरी कुलतमा फस्छन् साथै ती मध्येका कोहि सुध्रीएर समाजमा राम्रा काम गरेको कथालाई दुरुस्त उतार्न खोजीएको छ । निकिता रसाइली र ज्ञानु श्रेष्ठले उक्त भुमिका निभाएका छन् ।

मान बहादुर साँवा, भरत राउत र मोहन लिम्बु चलचित्रको निर्माता रहेका छन् । छायाङ्कन नरेश चौधरीको रहेको छ । चलचित्रमा सुमन राई, मान बहादुर साँवा, दिलु लिम्बु, सुगम लिम्बु, विरेन साउदेन, भरत राउत र निकिता रसाइली र ज्ञानु श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

पौष महिनाको दोस्रो सातामा छायाङ्कन सकेर सम्दापन गरिने र नयाँ बर्षको उपलक्ष्यमा चलचित्र हलमा आउने निर्माण युनिटले जनाएको छ ।

सोम, मंसिर २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

मोटरसाईकल ठक्करवाट मृत्यु

दमक ,१ चैत । यात्रुवहाक वसको ठक्करवाट झापाको कमल गाँउपालिका ४ स्थित चुलाचुली मोडमा आज साँझ एक जना मोटरसाइकल चालकको मृत्युभएको छ । मृत्युहुनेमा झापा, दमक ५ का ३२ बर्षिय जीवन लिम्बु रहेको इलाका प्रहरी...

विद्युत चुहिएर दुई मजदुर घाईते

दमक ,१ चैत । विद्युत चुहिएर झापाको दमकको शुक्रवार विहान दुई जना मजदुर सख्त घाईतेभएका छन् । दमक ६ स्थित लाइफलाइन अस्पताल अगाडि बिद्युतको काम गर्दै आएका मजदुर ट्रान्समिटरको तारमा एक्कासी विद्युत चुहिदाँ जिल्ला ओखलढुंगा...

शिवसताक्षीमा सोलार प्लान्ट सञ्चालनमा आउने

झिलझिले,३० फागुन । मुलुकले भोगिरहेको उर्जा संकटलाई मध्यनजर गर्दै झापाको शिवसताक्षीमा सोलर पावरद्वारा विद्युत उत्पादन गरिने भएको छ । झापा ईनर्जी लिमिटेडले शिवसताक्षी ४ स्थित बुलु चोकमा ८७ करोडको लागतमा १० मेघावट क्षमताको सोलार...

इलामको माइपोखरीमा आगलागीबाट ४ घर नष्ट

इलाम,३० फागुन । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेका छन् । सन्दकपुर गाउँपालिका वडा नं २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल...

लखनपुर रेडक्रसद्धारा संस्थापकलाई सम्मान

कमल ,३० फागुन । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले रेडक्रस स्थापनाका संस्थापकहरुलाई सम्मान गरेको छ । उपशाखाको आज सम्पन्न छैठौ उपशाखा सभाको उद्घाटनमा सामाजिक क्षेत्रका अग्रज पूर्णानन्द शर्मासहित ७ जना संस्थापक समितिका...

दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम भोलिदेखि ।

बिर्तामोड । सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम फागुन ३० गते बिहीबारदेखि हुने भएको छ ।  महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको...