सुरु गर्यो आदर्शले “विद्यालय बचाउ” अभियान

हाम्रो दमक

बासुदेव न्यौपाने

झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका वडा नं. ६ सन्तपुरमा वि.स. २०४५ सालमा स्थापना भई सञ्चालनमा रहेको विद्यालयले आदर्श प्रा. वि. वि.स. २०६०/६२ सालसम्म शान्तिनगरकै उत्कृष्ट विद्यालयमा गणना हुने उक्त विद्यालय बिस्तारै ओरालो लाग्दै जाँदा हाल बुद्धशान्तिकै कम विद्यार्थी संख्या भएको विद्यालय हुन पुग्यो ।

फलस्वरुप गत जेष्ठमा विद्यालयमा भएका ४ शिक्षक दरबन्दि मध्ये २ जना शिक्षकहरुलाई काज सरुवाको निर्णय ग¥यो गाँउ पालिकाले । तत्पश्चात स्थानीय सरोकारवालाहरुले गाँउपालिकासँग अनुनय विनय गरी १ जना शिक्षकको काज सरुवा थमौति गरी मागे । गाँउपालिकाले अनुरोध स्वीकार गरी एक जना शिक्षकको काज सरुवा थमौति गरिदियो तर सर्त सहित । सर्त थियो आगामी शैक्षिक सत्रमा न्यूनतम ५० जना विद्यार्थी भर्ना गराउने अन्यथा भए गाँउपालिकाले विद्यालय मर्ज सम्मको निर्णय सोझै गर्न पाउने । भएको लिखित सहमतिलाई पुरा गर्न कठिन भएपनि असंभव छैन भन्ने कुरालाई मनन गरी हाल सम्पुर्ण सरोकारवालाहरु एकजुट भई विद्यालयको उन्नति तर्फ लागि रहेको र विद्यालयमा सुधारका केहि संकेतहरु देखिन थालेका छन् र विश्वस्त पनि छन् विद्यालयको गुमेको साख फिर्ता हुनेमा ।

२०७५ असार १५ गते गाँउपालिकासँग लिखित सर्तनामा गरेदेखि नै विभिन्न अन्तरक्रिया, छलफल, र परामर्श गर्दै आएका स्थानीयहरुले मिति २०७५ मंसिर१४ गतेका दिन अध्यक्ष चित्र बहादुर राईको अध्यक्षतामा बसेको सर्बपक्षिय भेलाले विद्यालय बचाउ अभियान सञ्चालनगर्ने र उक्त अभियान ३ चरणमा गर्ने निर्णय ग¥यो ।

जस अनुसार पहिलो चरण मंसिर १५ गते देखि मसान्त सम्मको रहेको र प्रथम चरणमा विद्यालय सेवा क्षेत्र भित्रका आधारभुत तहका बालबालिकाहरुको सर्वेक्षण गरी तथ्याङ्क संकलन, आदर्श प्राविमा नानीहरु नपठाउनुका प्रमुख कारण र ती कारणको निराकरणका उपायको खोजी, विद्यालय के गरेमा विद्यार्थी पाउन सक्छको संकलन, पहिलो चरणको अभियानबाट प्राप्त तथ्याङ्कहरुको विश्लेषण र सो अनुसार दोस्रो चरणको कार्यक्रमको निर्धारण गर्ने रहेको छ ।

अभियान संचालन र सफल बनाउन विद्यालय सेवा क्षेत्रलाई विभिन्न ७ क्षेत्रमा विभाजन गरी क्षेत्रगत समितिहरु समेत बनाईएको छ । विद्यालयको उन्नतीका लागि विद्यालयमा अंग्रेजी माध्यमा अनिवार्य भएको कुरो महसुस गरी उक्त भेलाले आगामी शैक्षिक सत्रदेखि विद्यालयको पठन पाठन अंग्रेजी माध्यममा गर्ने गराउने र प्रथम बर्ष अर्थात् २०७६ मा कक्षा नर्सरी, केजी, एक र दुई कक्षालाई अंग्रेजी माध्यम बनाउने र ती कक्षाहरुमा अध्यापन गराउन तीन जना योग्य शिक्षकहरुलाई आगामी फागुन महिना देखि नै नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

गडिगाँउ मावि र शान्ति आदर्श माविको मध्यभागमा रहेका र आधारभूत तहका बालबालिकाहरुलाई त्यस क्षेत्रबाट ती दुई विद्यालयमा पुग्न करिब ४५ मिनेट समय लाग्ने विद्यालय वरपर राम्रै बसोबास रहेपनि अधिकांश निम्न वर्गीय कृषकहरु बस्ने भएकाले विद्यालय अति नै आवश्यक भएको कुरा बुझेर उक्त अभियान संचालन गर्न लागिएपनि निर्णय बमोजिम नियुक्त हुने निजि शिक्षकहरुलाई दिने पारिश्रमिकको जोहो गर्न भने विद्यालयलाई कठिन छ ।

तरपनि हाल स्थानीय निकायमा प्राप्त अधिकार र यसै वडाका वडाध्यक्ष शम्भु प्रसाद पौड्याल पूर्व शिक्षक र शिक्षाको महत्व राम्ररी बुझ्नु भएका साथै यस विद्यालयको उन्नति र प्रगतिका लागि अहोरात्र खटिईरहनुभएको मात्र हैन वहाँ नै बुद्धशान्ति गाँउपालिकाको शिक्षा तथा सामाजिक विकास समितिको संयोजक रहनुभएको र सिङ्गै बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत टिम नै यस विद्यालयको प्रगतीकालागि जुटिरहेको अवस्थामा आर्थिक पाटो त्यति जटिल बन्दैन भन्ने कुरामा ढुक्क छन् यस भेगका स्थानीय र वुद्धिजिवीहरु ।

विद्यालयले संचालन गरेको विद्यालय बचाउ अभियानलाई सफल पार्दै यस क्षेत्रको हामी सबैको साझा र एकमात्र सम्पतिलाई संरक्षण गर्ने महान् कार्यमा अन्तरमनदेखि सहयोग पु¥याई दिन सम्बन्धित सबैमा विनम्रता पुर्वक अनुरोध गर्दै विद्यालयमा हुने हरेक गतिविधिमा संलग्न भई सकरात्मक सुझावहरुको सधै अपेक्षा राख्दछौ ।
सबैको प्रयास भयो भने यस क्षेत्रका नानीबाबुहरुले यहाँ नै राम्रो शिक्षा पाउन सक्छन् ।

(लेखक आदर्श आधारतभुत विद्यालय बुद्धशान्ति ६ झापाका शिक्षक हुन्)

सोम, मंसिर २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...