कोच समुदायको जातिय परिकार खादै सयौ ब्यक्तिहरु रमाए

शुष्मा राजवंशी

बिर्तामोड । झापाको कन्काई नगरपालीका ९ घैलाडुब्बा स्थित टेकनारायणबारीमा शनिबार भारतका बिभिन्न स्थान साथै नेपालका कोच समुदायको जातिय परिकार खादै सयौ ब्यक्तिहरु रमाएका छन् । कार्यक्रममा सहभागि सबैले केराको पातमा कोच परिकारहरु भाका,पिठ,सिदल,दोर्कोच,कपा,कोचुडान्डि खादै गरेको देखियो । झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच ईन्टरनेश्नलको एउटा बिषेस कार्यक्रम इन्रनेश्नल कोच कल्चरल फुड फेस्टिभलमा प्रतियोगिहरुले बनाएका परिकारहरु कार्यक्रममा उपस्थित अतिथि देखी आमन्त्रित सबै पाहुनाले मिठोमानी कोच परिकारको स्वाद लिएका थिए ।

कार्यक्रममा सहभागि कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले भाकाको स्वाद लिदै यस्ता कार्यक्रमले कोच समुदायलाई सन्सारभर चिनाउन मदत गर्ने बताउनुभएको थियो । त्यस्तै पत्रकार बिनोद पाण्डे कोच परिकारहरुको स्वाद लिदै फुड फेस्टिबल कार्यक्रमले कोच समुदायको संस्कार संस्कृती जोगाउन मदत पुर्याउने बताउनुभयो ।

कार्यक्रममै सहभागि बिर्तामोडका ब्यबसायी हरी धिमालले यो कार्यक्रम कोच कोच समुदाय भित्र उदाहरणिय कार्य भएको बताउदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बिहानै देखि नेपालका प्रतियोगिहरुले भाका, पिठ, पेल्कासाक, सुकाती साक,फोक्दोई र दर्कच आसामकाले माछपोडा, सुकान पिठा, मेघालयकाले चिकन खप्पा परिकार बनाएका थिए । उक्त कार्यक्रममा एसिया भरि छरिएर रहेका कोच समुदायको भाषा, संस्कार, संस्कृती, खानपान भेषभुषा, जातिय नृत्य, फोटो प्रदर्शनी समेत गरिएको थियो ।

कोच समुदायका युवतिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेस्यले झापा मिडिया हाउसले आयोजना गरेको मिसकोच ईन्टरनेश्नल प्रतियोगिता अन्तरगत अहिले प्रशिक्षण कार्यक्रम जारी छ । प्रतियोगितामा भारतको आसाम, मेघालय, उत्तर बंगाल सहित नेपालका झापा, मोरङ, सुनसरीका युवतिहरु सहभागि रहेका छन् ।

कन्काई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेम राजवंशीको सभापतित्व तथा नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशेष अतिथिमा नगर उप प्रमुख मञ्जु प्रसाई रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा कन्काई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष देबि अधिकारी, २ का वडाध्यक्ष पर्शुराम गिरी, ३ का वडाध्यक्ष रुद्र चिमरिया, ४ का वडाध्यक्ष गोविन्द पौडेल, ५ का वडाध्यक्ष कृष्ण राई, ६ का वडाध्यक्ष लक्ष्मि ओली, ७ का वडाध्यक्ष लिला कन्दङवा, ८ का वडाध्यक्ष प्रेम कटुवाल, कार्यपालिका सदस्य चुवालाल राजवंशी, कोच समुदायका ईतिहास जानकारहरु पानिलाल राजवंशी, दलसिङ राजवंशी, पर्शुराम राजवंशी, आसिनलाल राजवंशी, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी लगायत रहनुभएको थियो । कार्यक्रमको सञ्चालन झापा मिडिया हाउसका डाईरेक्र अभय राजवंशीले गर्नुभएको थियो ।

आइत, मंसिर २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...