प्रथम भोटेटार नकआउट फुटबल प्रतियोगिताको उपाधि नवज्योतिलाई

हाम्रो दमक

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा सम्पन्न प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि नवज्योति युथ क्लब जयपुरले उचालेको छ । शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नवज्योति युथ क्लब जयपुरले आयोजक भोटेटार क्लबलाई ट्राइबेकरमा ४।१ ले हराउँदै उपाधि कब्जा गरेको हो । खेलको निर्धारित समयसम्म दुबै टिमका तर्फबाट २।२ गोल भएपछि निर्णयका लागी ट्राइबेकरमा धकेलिएको थियो ।

उपाधि उचाले सँगै नवज्योति क्लब जयपूरले नगद ३० हजार रुपैँया , मेडल र ट्रफी हात पारेको छ भने उपविजेतामा सिमित आयोजकले २० हजार रुपैँयामा चिक्त बुझाएको छ । भोटेटारको खेल मैदानमा भएको खेलमा म्यान अफ द म्याच आयोजकका तर्फबाट २ गोलकर्ता रञ्जित राई घोषित भएको आयोजक भोटेटारका सचिव गजुहाङ योङहाङले जनाएका छन् । त्यस्तै बेष्ट डिफेन्डरमा डम्बर चौधरी, उच्च गोलकर्तामा विकेस लिम्बु र बेष्ट किपरमा उपविजेता टिमका सर्जन लिम्बु घोषित भए । विजेता, उपविजेता टिम र बेष्ट खेलाडिलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष रमेश कुमार भुजेल, बिेशेष अतिथि वाड नम्बर १ का वडाध्यक्ष भिम कुमार नेवार, आयोजकका अध्यक्ष कमल मुखिया लगायतले पुरष्कार वितरण गरेका थिए ।

यसअघि सेमीफाइनलमा कुटिडाँडा इलामलाई ४।१ ले हराउँदै नवज्योति युथ क्लब जयपुर र खुदुनाबारी स्पोटिङ क्लबलाई हराउँदै आयोजक भोटेटारले उपाधि भिडन्त पक्का गरेको थियो । त्यसैगरि उपाधि भिडन्त अघि भएको शो म्याचमा हचुमासा सामुदायिक वन उपभोक्ता समितिलाई हराउँदै बुधबारे जेसीज विजयी भएको सहप्रायोजक जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । प्रतियोगितामा झापा र इलामका ८ टिमको सहभागी प्रतियोगिता रहेको आयोजकले जनाएको छ ।

आइत, मंसिर २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...