पत्रकारीता लोभको भाँडो हो जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न: भैरव रीसाल

सुजता लिङलेकु

सत्य तथ्य खोजमुलक पत्रकारीतामा विस्वास राख्ने जो कोहि पनि सायदै नहोलान अग्रज तथा वरीष्ठ पत्रकार भैरव रीसाललाई भेट्न नचहाने विरलै होलान त्यसै क्रममा रीसालसङ्ग विगत तथा वर्तमान परीवेशमा स्थापित नेपाली पत्रकारीता सम्बन्धमा केही चर्चा गर्नु थियो केही ज्ञान् हासिल गर्न थियो जो अत्यन्तै क्रुर राज्यशत्ता को परीधी भित्र रहेका विगतका पत्रकारीता अनि आधुनिक प्रविधीको विकास सङ्गै नेपालमा विकसीत खुल्ला समाजमा स्थापित पत्रकारीता बारे बुझ्न अत्यन्तै आवश्यक थियो । यसै क्रममा अग्रज वरीष्ठ पत्रकार भैरव रीसालसङ्ग हाम्रो दमक डटकमका लागि सुजाताले गरेको कुराकानी आजको Face of The Week मा ।

अहिले दिनचर्या कसरी बिताउदै हुनुन्छ ?

९० वर्षको उमेरमा पनि पत्रकारीता पेशालाइ जिवन्त नै राख्दै आइरहेको छु । पत्रकारले कहिले पनि रिट्रायर्ड जीवन पाउदैन रहेछ अझै पनि लेखाइ यात्रालाइ निरन्तर अगाडि बढाउने क्रममा हिमाल खबर, कान्तिपुरमा लेख्दै आइरहेको छु । एउटा पत्रकारको जीवन नै कलम, कापी र अक्षरमा जीवन समर्पित हुदोरहेछ ।

तपाइँको पत्रकारीता यात्रा कसरी सुरु भयो ?

त्यो समयमा कतिको सहज थियो ? सुरुवातमा त लोकसेवा आयोगबाट सेकसन अफिसरमा नाम निकालेको थिए त्यो बेला बामपंथी भनेर मलाइ नियुक्ति पत्र लोकसेवा आयोगले दिएन त्यस पश्चात् घरको जेठा छोरा घर परीवारको भाइबहिनीको जिम्मेवारी काधमा थियोे जागिरको आवश्यकता नै थियो । जागिर खोज्ने सिलसिलामा २०१३ सालमा हालखबर दैनिक पत्रीकामा जागिर पाए त्यहि बाट सुरु गरे पत्रकारीता यात्रा आरम्भ । त्यो बेला पत्रीका पढ्ने मान्छे अत्यन्तै कम हुन्थ्यो । आजभोलि बिहान निस्कन्छ पत्रीका त्यो बेला बेलुका निस्कन्थ्यो ताकी शिक्षक, जागिरदारले पढ्न सकोस् भनेर ४ पैसा वा ५ पैसामा विक्री हुन्थ्यो । त्यो बेला २०० कपि पत्रीका विक्री भयो भने पनि एक अर्कामा खुशीयाली मनाउने गर्दथेउ । त्यो समयमा साक्षरता भन्दा निरक्षर धेरै थिए तर पनि ज्ञानको खोजी गर्नेहरु हुनेरहेछ जसोतसो पत्रीका बिक्री हुन्थ्यो । आधार व्यक्तिको उत्तरदायित्व नै पत्रकारको दायित्व थियो । त्यस पश्चात् रा स स काम गर्ने थाले, रेडियोमा पनि कर्तव्य पूरा गरे ।

विगतको पत्रकारीता अवस्था कस्तो थियो ? त्यो समयको पत्रकारीता एकदमै सागुरो थियो नेपालमा पत्रकारीता मुद्रण बाट सुरुवात भएको हो । जस्तै गोर्खापत्र दैनिक देव शम्सेरले ११७ वर्ष अगाडी पत्रकारीता सुरु गरेका थिए । झ्यालि पिटेर सुचना दिने चलन थियो । पहाडमा सुचना दिने व्यक्तीलाइ वर्षको एक पाथी अन्न दिएर सुचना दिने प्रविधी थियो । नेपालको सुचना प्रविधी झ्याली पिटेर कटुवाल कराएर सुरु भएको अवस्था थियो । जनताले सुचना थाहा पाउनै पर्ने, शाशकले सुचना दिनै पर्ने कर्तव्य भएकोले जंगबहादुर ले बि सं १९०७ मा बेलायत गएको बेला प्रेस नेपालमा भित्र्याएका थिए । त्यो समयमा मैले समचार सम्प्रेषण गर्दा आकाश वाणिको माध्यम बाट ३०० अक्षरको शब्द मात्र प्रेसण सकिन्थ्यो ।

कहिलेकाही ठट्टा गर्दा आफुलाइ ३०० सब्दको पत्रकार भन्ने गर्दछु । कम्प्युटर थिएन, मोबाइल फोन थिएन तर अफिसले एउटा साइकल दिएर सुविधा चाहिँ दिएको थियो त्यो साइकल अहिलेको व्यक्तिगत हेलिकप्टर जस्तो अनुभुति हुन्छ । रीपोटिङमा सक्रीय थिए बिहान देखि दौडिरहेको हुन्थे । मौसम परीवर्तन सङ्गै आकाश वाणी पनि संचालन नहुदा जिल्लाको सुचना प्राप्त गर्न जिल्लाबाट आउने मान्छे पर्खनु पर्ने अवस्था थियो ।

वर्तमान अवस्थाको पत्रकारीतामा के फरक पाउनुभयो ?

अहिलेको पत्रकारीता एकदमै व्यापक र फराकिलो छ । नेपालको पत्रकारीता संसारमा जसरी विकास भएको छ त्यसरी नै नेपालमा पनि विकास भएको छ । प्रविधिको विकासले फडको मारीसकेको छ कम्प्युटर, मोबाइल साथै ईन्टरनेटका माध्यमहरु छन सुचना प्राप्त गर्नका लागि तर आजभोलि पत्रकारहरु रीपोटिङमा दौडन अल्छी गर्छन । फोनको माध्यम मार्फत रीपोटिङ गर्दछन । मैले वर्तमान समयको पत्राकारीतामा ज्यानमा जिउदोपन कम्जोर भेटे र नाफा मुखी छ अहिलेको पुस्ताको पत्रकारीता बि सं २०१३/१४ सालमा एउटा पत्रकारले समाजमा जस्तो प्रभाव पार्दथ्यो त्यो प्रभाव अहिले छैन । पत्रकार भनेको विश्वासको अदित्य भण्डार हो त्यो समयमा पत्रीकामा लेखेका कुराहरु सबैले विस्वास गर्दथिए तर वर्तमान अवस्थामा त्यो विस्वास भेटिन सत्य तथ्य पत्रकारको जीवन हो तर अहिलेको अवस्थामा त्यो जिवन्त भेटिन । एउटा पत्रकारको हरेक एक अक्षरको महत्त्व हुन्छ जुन अक्षरले सिंगो समाज र राष्ट्रको सुचना मार्फत नेतृत्व गर्दछ ।

अबको पुस्तालाइ के सन्देश दिनुहुन्छ ?

अबको युवा पत्राकारीता पुस्ताले आधुनिक प्रविधिको विकासलाइ सक्दो प्रयोग गर्दै विशुद्ध पत्रकारीताको मर्म अनुरुप समाज र सिंगो मुलुकलाइ सत्य तथ्य सुचना प्रवाह गरि पत्रकारीता प्रतिको सामाजिक वितृष्णाहरुलाइ पुनश्च अन्त्य गरि अगाडि बढ्न सक्नु पर्दछ । पत्रकारीतालाइ विस्वस्त साथै जिवन्त राख्न पैसाको लेनदेन देखि आफुलाइ टाढा नै राख्नु पर्दछ । भनिन्छ पत्रकारीता लोभको भाँडो हो जुन पेशालाइ राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न तर यस्को दुरुपयोग कहिल्यै नगर्नु ।

आइत, मंसिर २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

आजसम्म अविवाहित नै छु, मन पराउने धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छैन: गायिका तारा थेवे

प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन । हाम्रो दमक डटकमको फेस...

५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा...

Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन ।...

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...

Face of The Week [सुर्य नेम्बाङ] नेपाल प्रहरी देखी गोर्खाभर्ती सम्म !

८० किलोको भारी बोकेर तीन दिनको बाटो खाली खुट्टा हिडेको त्यो नरमाईलो क्षण आहिले आएर आफ्नै कारमा ३ घण्टामा गन्तव्य पुग्न सकिने बर्तमान यथार्थ सम्झदै भावुक बन्छन सुर्य नेम्बाङ । पाँचथर जिल्लाको पवित्र स्थल...