शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या : मन्त्री कार्की

हाम्रो दमक

दमक,२२ मंसिर । प्रदेश नं. १ का संघिय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या रहेको बताएका छन् ।


झापाको दमकमा आज संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु)को चौथो जिल्ला अधिबेशनको उदघा्ट गदै मन्त्री कार्कीले मुलुक संघियतामा गएसंगै शिक्षाक्षेत्रमा पनि स्पष्ट कानुनको अभाब देखिएको बताए । मन्त्री कार्कीले राज्यले ठुलो लगानी गरिरहेको शिक्षा क्षेत्रको गुणस्तर खस्कदै जानु दुःखद भएको बताए । उनले भने , –‘अहिले शिक्षाक्षेत्रको नियमन कसले गर्ने भन्ने विषयनै अन्यौलमा रहेको छ । संघीय सरकार पनि यस विषयमा गम्भिर बनेको छैन् ।’
शिक्षाक्षेत्रमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउदंै उनले थोरै लागानी र सीमित साधन स्रोतबाट सञ्चालनमा आएका नीजि क्षेत्रको जस्तो शैक्षिक गुणस्तर भएपनि त्यही शिक्षा राज्यको ठुलो लगानी रहेको सामुदायिक विद्यालयहरुले दिन नसक्नु दुखद भएको धारणा राखेका थिए । सो अवसरमा मन्त्री कार्कीले संघीय सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले प्रत्येक नागरिकले गरेको कामको मूल्याकंन गर्ने बताए ।
इष्टु जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटनमा शिक्षासेवीका रुपमा चुलाचुलसी बोर्डिङ्ग स्कुलका संस्थापक निर्देशक मनोज राईसहितका अग्रज व्यक्तित्वहरुलाई समेत सम्मान गरेको थियो ।

शनि, मंसिर २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाई नगरपालिका स्थित वडा नं ७ सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...