श्रष्टा दाहालको कृति विमोचन

हाम्रो दमक

दमक,२२ मंसिर । साहित्यकार विन्दु दाहाल मुकदर्शकको “आँखामा सपना” छन्द कविता संग्रहको शनिवार यहाँ विमोचन गरिएको छ ।
कविता संग्रहको साहित्यकार पुण्यप्रसाद खरेल, प्रगतिशिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संगौला, हिमशिखर मिडिया ग्रुपका अध्यक्ष धु्रबप्रसाद न्यौपाने, बुद्धिजीबि परिषद झापाका अध्यक्ष लिाला अधिकारीले संयुक्त रुपमा विमोचन गरेका थिए ।


१०९ पृष्ठ लामो पुस्तकमा २४ वटा छन्द कविता समाबेश रहेको लेखक दाहालले बताए । कार्यक्रम साहित्यकला संगम दमकको आयोजनामा भएको हो ।

यसैगरि शनिवारनै दमकमा गजल घर नेपाल प्रदेश समितिले तीन महिला श्रष्टाको सहभागितामा महफिलको पाँचौ श्रृङ्गखलाका रुपमा गजल साँझको आयोजना गरेको छ । स्थानीय एसजी होटलमा संगीतमय गजल साँझ सम्पन्न भएको हो । गजल साँझमा काठमाण्डौकी चन्द्रा चाम्लिङ्ग,झापाकी इन्दिरा कुमाल र हुम्लाकी कुन्साङ्ग लामाले आ–आफना गजलहरु प्रस्तुत गरेकी थिइन् ।
गजल घर नेपाल दमकका अध्यक्ष बाटोघरे कान्छाको अध्यक्षता तथा अग्रज गजलकार भुपेन्द्र तिम्सीनाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको उद्घाटनमा श्रष्टाहरु विवस वलिभद्र,लोकेन्द्र वन्जरा,उर्लावारी गजल मञ्चका उपाध्यक्ष नयश श्रेष्ठ,श्रष्टा जितेन मुस्कान लगायतले साहित्यमा गजलको महत्वका बारेमा चर्चा गरेका थिए ।

शनि, मंसिर २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...

दमक ब. क्याम्पसको प्रमुखमा डा. बुढाथोकी

दमक,५ साउन । यहाँस्थित दमक बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर नेत्रबहादुर बुढाथोकी नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिको आज आइतबार बिहान बसेको बैठकले डाक्टर बुढाथोकीलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समिति...