बृद्धभत्ता बढेन भनेर निराश नहुन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्रीद्धारा अमर माबिको भौतिक पूर्वाधार सहयोगका लागि १ महिना बराबरको तलव प्रदान गर्ने घोषणा

हाम्रो दमक

दमक,२२ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले यसपटक बृद्धभत्ता बढेन भनेर निराश नहुन आग्रह गरेकाछन् । आउदो आर्थिक बर्षमा बढ्ने संकेत गर्दै उनले यसपटक चाहेर पनि बढाउन नसकिएको बताए ।

अर्थमन्त्री डा. खतिवडालाई गौरादह नगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्दे नगरप्रमुख रोहित शाह,उपप्रमुख गीता भेटवाल ।

झापाको गौरादह ९ बैगुनधुरास्थित अमर माध्यमिक विद्यालयको स्वर्णमहोत्सवमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले ढिकुटी रित्तो भएकाले यो पटक यस्तै भएको जनाउदै पाँच बर्षभित्रमा निर्वाचनको सयममा गरिएका बाचाहरु पुरा गरि छाड्ने प्रतिवद्धता जनाए ।
अहिले नै काम पुरा भएन भनेर आलोचना गर्ने समय आइनसकेको भन्दै उनले सरकार तीव्र ढंगले मुलुकको समृद्धितर्फ उन्मुख हुदै गएको बताए ।
उनले वडासम्म नै स्थानीयले सरकार पाएको जनाउदै सबैकुरा माथिमात्र नताक्न आग्रह गरे । स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गर्दै कर पनि तिर्नका लागि उनले अनुरोध पनि गरे । त्यस अवसरमा उनले अमर माबिको भौतिक पुर्वधार सहयोगका लागि १ महिना बराबरको तलव प्रदान गर्ने घोषणा गरे।
महायज्ञ उद्घाटनमा नगर प्रमुख शाह, पूर्वाञ्चल विश्वविद्यालयका शंम्भु दाहाल,गौरादह ९ का वडाध्यक्ष सिताराम भट्टराई, प्रधानाध्यापक गोपाल पोख्रेललगायतले बोलेका थिए ।

           गृहनगरमा खतिवडालाई अभिनन्दन

अर्थमन्त्री डाक्टर खतिवडालाई गृह नगरमा शनिवार अभिनन्दन गरिएको छ । अमर माध्यमिक विद्यालयसहित गौरादह नगरपालिकाले नागरिक अभिन्नदन गरेको हो । उनी बैगुनधुराका बासिन्दा हुन् ।
विद्यालयले आफनो स्वर्णमहोत्सवका अवसर पारेर शुरु श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटनमा अर्थमन्त्री खतिवडालाई देशको अर्थनीति र विकासमा महत्वपूर्ण योगदान पुरयाँउन सफल भएकोमा नागरिकका तर्फकबाट उक्त अभिनन्दन गरिएको थियो । नगरपालिकाको तर्फबाट प्रदान गरिएको अभिनन्दन पत्र नगरप्रमुख रोहित शाह र विद्यालयद्धारा प्रदान गरिने अभिनन्दन पत्र महायज्ञका मुख्य कथावाचक आचार्य पण्डित सुदर्शन शरण ढुंङ्गेलले हस्तान्तरण गरेका थिए ।

शनि, मंसिर २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कमल ५ मा अव्यवस्थित बसोवास समस्या समाधान समिति

दमक ,११ जेठ । वर्षोदेखि बसोवास गरिआएका झापा, कमल गाँउपालिका ५ स्थित गजुरमुखी टोलका बासिन्दाहरुले आफनो जग्गा भूमाफियाले हड्प्न लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रवार त्यहाँ भएको वृहत भेलाले इन्द्रकुमार राईको संयोजकत्वमा...

पाँचथर हत्या काण्ड चाडै खुल्ने : मन्त्री आङ्गवो

दमक,१० जेठ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले पाँचथर जिल्लामा भएको हत्या काण्डको सत्यतथ्य चाँडै सार्वजनिक हुने वताएका छन् ।  उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता...

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

आमा र छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका...