गोर्खाली युवा समाज बुद्धशान्तिले बाल्यो सडक बक्ती

हाम्रो दमक

शान्तिनगर । गोर्खाली युवा समाज बुद्धशान्तिले बुद्धशान्ति ५ र ६ को मुख्य सडकमा सडक वत्ति बालेका छन् । उनीहरुले देउसी भैलीबाट संकलन भएको पैसाले बुद्धशान्ति ५ को ढकाल गौँडादेखि बुद्धशान्ति ६ को बेलचोक सम्म सडक वत्ति बालेका हुन् ।

हरेक सामाजिक क्रियाकलावमा अग्रसर हुँदै आएको समाजले पहिलो चरणमा सो स्थानमा सडक वत्ति बालेका हुन् भने क्रमश बेलचोकदेखि गौँडासम्म सडकवत्ति जडान गर्ने उदेश्य रहेको समाजका कोषाध्यक्ष अर्पण गुरुङ्गले जानकारी दिए ।

उनले भने ‘सडकमा अध्यारो भएकै कारण पछिल्लो समय दुर्घटना बढेका कारण तथा आपराधिक गतिविधि हुननदिन सडक वत्ति जडान गरिएको हो ।’ देउसी भैलीबाट संकलन भएको ३५ हजार रुपैँया बराबरले वत्ति जडान गर्न चाहिने विजुलीका सामान तार, एल इ डि बल्ब खरिद र प्राविधिक खर्च गरेका छन् । समाजका अध्यक्ष कञ्चन गुरुङ्गले समाजको उद्धेश्य अनुरुप पहिलो चरणमा सडक वत्ति जडान गरिदै गरेको बताए ।

उनका अनुसार गौँडासम्म वत्ति जडान गर्न आर्थिक अभाव छ भन्दै सहयोगी मनहरुलाई सहयोग गर्न अपिल गरेका छन् । सहयोग प्राप्त भए सडक वत्ति जडानलाई तिब्रता दिइने उनले बताए । वि.स. २०७४ सालमा स्थापना भएको उक्त गोर्खाली समाजको सल्लाहकार समितिमा ५ नम्बर वडा सदस्य डेगेन्द्र कार्की र सञ्चारकर्मी आयुष निरौला रहेका छन् ।

शनि, मंसिर २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...