जापानिज नायिका नोरिकाको टोलीद्धारा गणेश माविलाई सुविधा सम्पन्न भवन हस्तान्तरण

हाम्रो दमक

शान्तिनगर । बुद्धशान्ति ४ मा रहेको गणेश माविलाई सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई पाँच कोठे पक्कि भवन हस्तान्तरण गरिएको हो ।

जापानिज नायिका नोरिका फुजिवाराको टोलीद्धारा निर्मित भवन

धनश्याम स्मृति प्रतिष्ठान भद्रपुरको पहलमा जापानिज नायिका नोरिका फुजिवाराको टोलीले सो विद्यालयको भवन निर्माण गरिदिएका हुन् । ७० लाख रुपैंयाको लागतमा निर्माण भएको भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर साँवाको सभापतित्व तथा जापानिज फिल्मी नायिका तथा स्माइल प्लीज एजुकेशन फन्डकी प्रमुख नोरिका फुजिवारा र साइन लिमिटेडका सिगेरु कोइकेको प्रमुख आतिथ्य रहेको सो विद्यालयका शिक्षक श्याम कट्टेलले जनाएका छन् । नायिका तथा स्माइल प्लीज एजुकेशन फन्डकी नोरिका फुजिवारा, साइन लिमिटेडका सिगेरु कोइके, केन्जी योसोओका सदस्यहरुले सो भवन निर्माण गरिदिएका हुन् ।

भवन हस्तान्तरण कार्यक्रममा उनीहरुलाई अभिनन्दन गरिएको छ । विभिन्न सांस्कृतिक झाँकी सहितको कार्यक्रममा घनश्याम स्मृति प्रतिष्ठानकी अध्यक्ष नवकुमारी खनाल, बुद्धशान्ति गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडा, वडाध्यक्ष शम्भु पौड्याल, बुद्धिमान लिम्बु, शिक्षा शाखा प्रमुख कमल निरौला, लगायतको आतिथ्यता रहेको थियो । प्रध्यानध्यापक डिल्ल्ीराम खतिवडाले स्वागत गरेकोकार्यक्रम शिक्षक मनुकुमार राईले सञ्चालन गरेका थिए ।

शनि, मंसिर २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल...

कमल ५ मा अव्यवस्थित बसोवास समस्या समाधान समिति

दमक ,११ जेठ । वर्षोदेखि बसोवास गरिआएका झापा, कमल गाँउपालिका ५ स्थित गजुरमुखी टोलका बासिन्दाहरुले आफनो जग्गा भूमाफियाले हड्प्न लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रवार त्यहाँ भएको वृहत भेलाले इन्द्रकुमार राईको संयोजकत्वमा...

प्रसाईको ‘जीवन यात्रा ’कृति लोकापर्ण

दमक,१० जेठ । झापा, दमकका सामाजिक तथा शैक्षिक व्यक्तित्व कोमलराज प्रसाईले ‘जीवन यात्रा ’ नामक कृति निकालेका छन् । दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी भटट्राईले लोकापर्ण गरे । त्यस...

जेम्सको इन्ट्रयाक टोली डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुदै

दमक,१० जेठ । भोलि शनिवारदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने छैठौं डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी वोर्डिङ स्कुलका एक टोली आज त्यस तर्फ प्रस्थान गरेको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको...

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...