बहुमतको दम्भबाट गरिएको निर्णयप्रति कांग्रेसको आपत्ति

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको कार्यपालिकामा बहुमत र अल्पमतको कल्पना समेत नगरेको भन्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले आफ्नो अधिकार अनुसार स्थगित गरेको बैठकपछि उप प्रमुखको अध्यक्षतामा बैठक बसेको भन्नु सरासर कानुन बिपरित रहेको बताईएको छ ।

हाम्रो दमक

गौंरीगञ्ज,२१ मंसिर । झापाको गौरादह नगरपालिकामा त्तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गौरीगञ्ज गाउँपालिकाले आपत्ति जनाएको छ ।


कांग्रेस गौरीगञ्ज वार्ड नं १ का सभापति दिनेश्वर राजवंशी, वार्ड नं २ का सभापति अघनु राजवंशी, वार्ड नं ३ का सभापति राजेन्द्र कार्की र वार्ड नं ६ का सभापति बद्रीनारायण यादवले आज संयुक्त वक्तव्य निकालेर मंसिर १३ गते नगरपालिकाको बैठकमा तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहुमतको आडमा नगर प्रमुखको अधिकारलाई कटौती हुने गरि उप प्रमुखको अध्यक्षतामा बैठक बसी निर्णय गर्नु बहुमतको दम्भ देखाइ सर्वसत्ताबाद लाद्न खोजेको आरोप लगाएका छन् । बहुमतको दम्भ गर्नु सर्वसत्तावाद भएको उल्लेख गर्दे विज्ञप्तिमा भनिएको छ , ‘यस कदमले मुलुकको प्रचलित कानुनको घोर अपमान मात्र होइन् दण्डहिनता बढाउन उद्वत छ ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको कार्यपालिकामा बहुमत र अल्पमतको कल्पना समेत नगरेको भन्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले आफ्नो अधिकार अनुसार स्थगित गरेको बैठकपछि उप प्रमुखको अध्यक्षतामा बैठक बसेको भन्नु सरासर कानुन बिपरित रहेको बताईएको छ ।
विज्ञप्तिमा भनिएको  छ – ‘बैठकको क्रममा बहुमतको दम्भ देखाएर विभिन्न निर्णयमा हस्ताक्षर गर्न लगाई मेयरलाई रबर स्ट्याम बनाउन खोज्नु विभिन्न कार्यविधिमा प्रमाणीकरण गराउन खोज्नु र मेयरले स्थगन गरेको बैठकलाई सोहि दिन तत्कालै उपमेयरको अध्यक्षतामा बैठक बस्नु संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन पद्वतिको खिल्ली उडाउनु मात्र होइन, शासन विधिको होेइन व्यक्तिको हुनुपर्छ भन्ने मानसिकताबाट आएको सोच न्यायप्रेमी गौरादह नगरबासी तथा सम्पूर्ण न्यायप्रेमी नेपालीहरूको लागि राम्रोे हुन सत्तैmन ।

स्थानीय सरकार सञ्चालन सम्बन्धि कार्यविधिले गरेको निर्देशन बमोजिम भए गरेका गल्ती कमजोरीलाई सच्याई सहमति र सहकार्यको माध्यमबाट गौरादह नगरको समृद्वि र विकासका लागि अघि बढ्न विज्ञप्तिमार्फत कांग्रेसले आग्रह समेत गरेको छ ।

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

वारी पारीको मिलेमतोमा जघन्य अपराध

दमक,२७ मंसिर । भारतको बिहारसंग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठुला ठुला अपराधका घट्नामा भारतीयहरुको संलग्नता देखिदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घट्नामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका भारतीयहरुनै...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

अपहरण गरि फिरौती माग्ने विरुद्ध मुद्धा

दमक,२६ मंसीर । भारतीय एक सात वर्षीय बालकलाई अपहरण गरी फिरौती रकम मागेको आरोपमा पक्राउ परेका तीन जना अभियुक्त विरुद्ध प्रहरीले मुद्धा चलाएको छ । झापाको गौरीगञ्जबाट मङ्गलबार पक्राउ परेका गौरीगञ्ज–६ का ४७ बर्षिय बद्री...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

कांग्रेस क्षेत्रीय कार्यालय आफनै भवनमा सरयो

दमक,२४ मंसिर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आफनै नवनिर्मित भवनमा सरेको छ । पार्टीको क्षेत्रीय कार्यालय भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । दमक ५ स्थित कांग्रेस नगर...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

दमकमा माघ दोश्रो सातादेखि बालमहोत्सव

दमक,२४ मंसिर । झापाको दमकमा यहि माघ दोश्रो सातादेखि ५ दिने बृहत बाल महोत्सव–२०७५ हुने भएको छ । बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले यहि माघ १४ गतेदेखि १८ गतेसम्म प्रथम बृहत बाल महोत्सव हुने...