झापाबाट भलिबलका २० खेलाडी छनौंट

हाम्रो दमक

दमक,२१ मंसिर । आठौ राष्ट्रिय भलिवल प्रतियोगिताका लागि झापाबाट २० जना खेलाडीहरु छनौट भएका छन् । खेलाडी छनौट गर्न गठित समितिले आज झापाको सुरुङ्गामा सम्पन्न छनौट खेलमा १० महिला र १० पुरुष गरि विद्यागत खेलाडी छनौट गरिएको हो ।

खेलाडीको उचाई,खेलकला, शारीरिक तन्दुरस्तलगायतका मापदण्डका आधारमा खेलाडीहरु छनौंट गरिएको जिल्ला भलिवल संघका प्रतिनिधि रोशन दाहालले जानकारी दिए ।
उनका अनुसार यसरी छनौटमा पर्नेहरुमा महिलातर्फ कप्तानमा तेजकुमारी चौधरी, प्राप्ति खरेल,गंगा श्रेष्ठ,गणिता राई,मनिषा चौधरी,समिका भुदेल,कुमारी कुँवर,झरना राजवंशी,निकिता भट्टराई र ममता मगर छिन् । यस्तै पुरुषतर्फ कप्तानमा विमान खड्का,नविन रिजाल, सरोज चम्लागाई, आशिष कार्की,रोहित शिवाकोटी, दिपेन मल्लिक ,पुकार तामाङ्ग, राजन लिम्बु ( मुस्कान ),सुजन रिजाल र बविन चौंहान छानिएका छन् ।
त्यस्तै, प्रतियोगिताका लागि २ महिला बैकल्पिक र पुरुषतर्फ ४ जना बैकल्पिकका रुपमा समेत छनौंट भएको पुरुषतर्फका प्रशिक्षक समेत रहेका जिल्ला भलिवल संघका प्रतिनिधि दाहालले जानकारी दिए ।
छनौंट खेलका संयोजक गजेन्द्र ताम्ली,सहसंयोजकद्धय हेमा थापा,काजी गुरुङ्ग र जिल्ला भलिवल संघका प्रतिनिधिहरु कृष्ण खड्का, खडानन्द खतिवडा, संघका कोषाध्यक्ष राजु पाठकलगायतको उपस्थिति रहेको थियो ।

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...