देउसीभैलीको रकम विद्यापीठलाई

हाम्रो दमक

दमक,२१ मंसिर । दमक –४ स्थित बशिष्ठ संस्कृत गुरुकुल विद्यापीठलाई दमकका महिलाहरुको एक समूहले शुक्रवार खाद्यसहित विभिन्न घरायसी सामाग्रीहरु दिएको छ ।


दमक –५ मा रहेको शुभलक्ष्मी महिला समूहले गएको तिहारमा देउसीभैलीबाट संकलन गरेको रकमबाट विद्यापीठलाई विभिन्न सरसमानहरु खरिद गरि हस्तान्तरण गरेको हो । समूहले करिव ११ हजार मूल्य बरावरका भाडावर्तन,चामल,दाल,तेल,भुजा लगायतका सामाग्रीहरु रहेका छन् ।
शुक्रवार विद्यापीठमा पुगेर समूहले ती सहयोग विद्यापीठ सञ्चालक समितिका अध्यक्ष राजेन्द्र भट्टराईलाई हस्तान्तरण गरिएको समूहकी अध्यक्ष सुजता बस्नेतले वताईन् । त्यस्तै समूहले विद्यापीठमा अध्ययनरत तीन दर्जन बटुकहरुलाई समेत जाडोका लागि न्यानो टोपी प्रदान गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा समूहकी सल्लाहकार संयोजक मेनुका कार्की लगायतका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । देउसीभैलीबाट जुटेको रकम मनोरञ्जनमा खर्च गर्नु भन्दा परोपकारी कार्यमा सहयोग गर्न उक्त सहयोग प्रदान गरिएको समूहकी सल्लाहकार संयोजक कार्कीले वताईन् ।

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

गौरादहमा प्रदेशस्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदै

गौरादह,११ जेठ। खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण उद्देश्य हासिल गर्ने लक्ष्य लिएको झापाको गौरादह नगरपालिकाले विभिन्न यस आर्थिक वर्षका लागी विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत हप्ता मात्र सम्पन्न भएको मेयरकप भलिवल...

कमल ५ मा अव्यवस्थित बसोवास समस्या समाधान समिति

दमक ,११ जेठ । वर्षोदेखि बसोवास गरिआएका झापा, कमल गाँउपालिका ५ स्थित गजुरमुखी टोलका बासिन्दाहरुले आफनो जग्गा भूमाफियाले हड्प्न लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । शुक्रवार त्यहाँ भएको वृहत भेलाले इन्द्रकुमार राईको संयोजकत्वमा...

प्रसाईको ‘जीवन यात्रा ’कृति लोकापर्ण

दमक,१० जेठ । झापा, दमकका सामाजिक तथा शैक्षिक व्यक्तित्व कोमलराज प्रसाईले ‘जीवन यात्रा ’ नामक कृति निकालेका छन् । दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी भटट्राईले लोकापर्ण गरे । त्यस...

जेम्सको इन्ट्रयाक टोली डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुदै

दमक,१० जेठ । भोलि शनिवारदेखि चितवनको सौराहामा हुने इन्ट्रयाक क्लवहरुको तीनदिने छैठौं डिस्ट्रीक कन्फेरेन्समा सहभागि हुन दमकको झापा मोडल अंग्रेजी वोर्डिङ स्कुलका एक टोली आज त्यस तर्फ प्रस्थान गरेको छ । विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठसहितको...

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...