मानसिक रोगी बालक सहयोगको खोजीमा

छोरो विरामी परेपछिदेखि भोक निन्द्रा सबै हराएको छ शोभाको । आफन्तले गरेको सहयोगका भरमा बाँचिरहेकी शोभा छोराछोरी सबै माइतीकै सहारामा पाल्दै पढाउँदै आएकोमा एकाएक छोरा विरामी भएपछि चिन्ताले पिरोलिएकी छिन् ।

हाम्रो दमक

दमक,२१ मंसिर । दमक ६ का ११ बर्षिय रोशन ठाकुर मावली घर (कमल गाउँपालिका वडा नं २ ) मा बसेर पढ्दै थिए ।
स्थानीय कमला मदन आश्रित माविमा कक्षा ७ मा पढ्दै गरेका रोशन गएको बैशाखदेखि विद्यालय जान सकेका छैनन् । वैशाखदेखि एकाएक उनको नियमित खानपान, उठ बस , बोली व्यवहारमा परिवर्तन आएको छ ।


उनलाई पूर्वमा नाम चलेका मानसिक रोग विशेषज्ञले मानसिक समस्या भन्दै औषधी सिफारिस गरे । नियमित औषधी सेवन गर्न थालेसंगै एकाएक रोशनका दुवै आँखा बन्द भएको आमा शोभा ठाकुर बताउँछिन् । शोभा भन्छिन– ‘खै के कारणले हो तर दवाई गर्न थालेपछि छोराका दुईटै आँखाको रोशन बन्द छन् । दवाई खाएपछि निदाउन त थालेको थियो तर अरु बानी ब्यवहारमा खासै परिवर्तन देखिएन । विराम झन धेरै बढेर गयो ।’
अहिले रोशन न आँखा देख्छन , न काननै सुन्छन् । बेसुरमै आयो…आयो…मलाई लान्छ भन्दै डराएर आमा, दिदी बहिनीको सहारा खोज्छन् । बेला बेलै बोली पनि बन्द हुन्छ । आमा शोभा भन्छिन – ‘बालकको अवस्था दिनानुदिन असमान्य बन्दै गएको छ । ’
दिउँसोको १२ बजे हुनै लाग्दादेखि उनको विराम अझै धेरै बढेको लक्षण देखिन्छ । विराम कम नभएपछि विशेषज्ञसंग फेरी भेट गर्दा विस्तारै ठिक हुन्छ भन्ने जवाफ आएको तर समस्या झनै बढेका कारण अहिले ठाकुर परिवारले रोशनलाई औषधी बन्द गरेका छन् । उनलाई आँखा अस्पताल पनि लगियो तर आँखामा केहि समस्या नरहेको चिकित्सकले बताएपछि अझै पिरलो थपिएको छ । आमा शोभा भन्छिन– आँखा हस्पिटल पनि लगियो , आँखामा केहि छैन अरे , के भएर नदेखेको हो ? केहि बुझ्नै सकिएन । विराम पहिचान नहुँदा रोशनलाई परिवारले दिनैपिच्छे जसो धामी झाँक्रीको घरमा पुरयाउँछन् । तर विराम घटेको छैन् ।
सामान्य ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी शोभाले थप उपचारका लागि कतै लैजाने आफूसंग पैसा नहँुदा झनै समस्या बढेको बताइन् । उनका पति पुनित ठाकुर दमकमै सामान्य खेतीबारीमा काम गर्छन । उनले छोराको समस्याका बारेमा केहि चासो दिएका छैनन । वहाँ ( पति )घरमा पनि आउनु हुँदैन–शोभाले भनिन् । रोशनकी एक बहिनी कञ्चन छिन् । छोरो विरामी परेपछिदेखि भोक निन्द्रा सबै हराएको छ शोभाको । आफन्तले गरेको सहयोगका भरमा बाँचिरहेकी शोभा छोराछोरी सबै माइतीकै सहारामा पाल्दै पढाउँदै आएकोमा एकाएक छोरा विरामी भएपछि चिन्ताले पिरोलिएकी छिन् । उनले जुनसुकै विधिबाट भएपनि आफ्नो छोराको उपचार चाहेको बताउँछिन् । धामी झाँक्री, डाक्टर जे लगाएर भएपनि छोरो निको भईदिए हुन्थ्यो –शोभा भन्छिन । उनलाई सहयोग गर्न चाहने जो कोहिले ९८१६९८५७४३ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

वारी पारीको मिलेमतोमा जघन्य अपराध

दमक,२७ मंसिर । भारतको बिहारसंग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठुला ठुला अपराधका घट्नामा भारतीयहरुको संलग्नता देखिदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घट्नामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका भारतीयहरुनै...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

अपहरण गरि फिरौती माग्ने विरुद्ध मुद्धा

दमक,२६ मंसीर । भारतीय एक सात वर्षीय बालकलाई अपहरण गरी फिरौती रकम मागेको आरोपमा पक्राउ परेका तीन जना अभियुक्त विरुद्ध प्रहरीले मुद्धा चलाएको छ । झापाको गौरीगञ्जबाट मङ्गलबार पक्राउ परेका गौरीगञ्ज–६ का ४७ बर्षिय बद्री...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

दमकमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक,२४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१...

दमकमा माघ दोश्रो सातादेखि बालमहोत्सव

दमक,२४ मंसिर । झापाको दमकमा यहि माघ दोश्रो सातादेखि ५ दिने बृहत बाल महोत्सव–२०७५ हुने भएको छ । बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले यहि माघ १४ गतेदेखि १८ गतेसम्म प्रथम बृहत बाल महोत्सव हुने...

विपत जोखिम रोक्न सवैंको दायित्व : मन्त्री कार्की

दमक,२३ मंसिर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विपत जोखिम नियन्त्रण गर्न सवैको दायित्व भएको औंल्याएका छन् । तालिमको उद्घाटनमा मन्तव्य राख्दैमन्त्री कार्की झापाको दमकमा आइतबारदेखि शुरु भएको स्थानीय तहमा विपत सचेतना...