दमकमा आङ्गदेम्बे लिम्बुहरु संगठित

हाम्रो दमक

दमक,२१ म्ंसिर । झापाको दमकमा रहेका आङ्गदेम्बे लिम्बुहरु संगठित भएका छन् । आङ्गदेम्बे लिम्बुहरुवीच आपसी एकता तथा सामाजिक कार्यमा सहकार्य गर्ने उद्देश्यले दमकमा आङ्गदेम्बे दाजुभाई समाज स्थापना गरेका छन् ।

बन्धु भेलामा सहभागिहरु

दमक– १ मा शुक्रवार आङ्गदेम्बेहरुको वृहत भेलाले कमल प्रसाद आङ्गदेम्बेको अध्यक्षतामा उक्त समाज गठन गरेका हुन् । ११ सदस्यीय तर्दथ समितिको उपाध्यक्षमा कर्ण आङ्गदेम्बे,सचिवमा मनबहादुर आङ्गदेम्बे ,सहसचिवमा लिला आङ्गदेम्बे र कोषाध्यक्षमा ओममाया आङ्गदेम्बे सर्वसम्मत चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा सिताराम आङ्गदेम्बे ,देउकुमार आङ्गदेम्बे ,प्रेम आङ्गदेम्बे ,सुर्य आङ्गदेम्बे ,नारद आङ्गदेम्बे र वलबहादुर आङ्गदेम्बे चुनिएका छन् ।
सोहि भेलाले मनप्रसाद आङ्गदेम्बे ,देउप्रसाद आङ्गदेम्बे, विष्णु आङ्गदेम्बे,छत्र आङ्गदेम्बे र अगम बहादुर आङ्गदेम्बे रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ । समाजलाई दमकमा बस्दैआएका आङ्गदेम्बेहरुवीच सामाजिक संस्थाका रुपमा विस्तार गर्दे लैजाने नवनिर्वाचित अध्यक्ष कमल प्रसाद आङ्गदेम्बेले जोड दिए ।
सोहि भेलामा दमक ८ की १४ बर्षिया मृगौला रोगी कुुसुम आङ्गदेम्बेको उपचारमा सघाँउन उनका बुबा फूलनाथ आङ्गदेम्बेलाई नगद ८ हजार २ सय १० रुपैया सहयोग प्रदान गरिएको सचिव मनबहादुर आङ्गदेम्बेले जानकारी दिए ।

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

झापा प्याब्सनको अध्यक्षमा उप्रेती

दमक,२७ मंसिर । निजी तथा आवशिय विद्यालय अर्गानाइजेसन नेपाल, झपा (प्याव्सन) को अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बुधवार सम्पन्न १२ औ अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी उप्रेती निर्वाचित भएका हुन् । अध्यक्ष...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

विप्लवका जिल्ला सदस्य माझी पक्राउ

दमक,२६ मंसिर । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका जिल्ला सदस्य चमनलाल माझीलाई गिरफ्तार गरेको छ । झापा गाउँपालिका स्थायी घर भएका माझीलाई पार्टी कामका सिलसिलामा रहेको बखत आज बुधबार दिउँसो आफ्नै गाउँबाट...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...